मुरारि पराजुलीका कवितामा वैचारिकता

Authors

DOI:

https://doi.org/10.3126/kaladarpan.v5i1.74731

Keywords:

परिवर्तनकारी, प्रगतिवादी, युद्धजन्य, राष्ट्रवादी, सामाजिक

Abstract

प्रस्तुत लेखमा कवि मुरारि पराजुलीका कविताबाट अभिव्यक्त हुने वैचारिकताको अध्ययन गरिएको छ । यस लेखमा प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीको उपयोग गरिएको छ । प्राथमिक स्रोतअन्तर्गत मुरारि पराजुलीका सृजनाका स्वरहरू, आगो पालेका पेट र शीत ओडेका बस्तीहरू, हाँसेर उसका ओठले, लोकतन्त्रको शङ्खनाद र हाम्रा छातीको दशगजा पाँचओटा कवितासङ्ग्रह रहेका छन् भने द्वितीयक स्रोतअन्तर्गत सिद्धान्त निर्माणका क्रममा उपायोग गरिएका पुस्तक, समीक्षा, जर्नल तथा सन्दर्भसामग्री रहेका छन् । यहाँ उल्ललेख गरिएका दुवै स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ भने सङ्कलित सामग्रीको विश्लेषणका लागि वैचारिकतासम्बन्धी अवधारणाको उपयोग गरिएको छ । यस लेखमा मुरारि पराजुलीका कविताको मुख्य वैचारिक धरातलका रूपमा प्रगतिवादी चिन्तन आएको छ र यसका साथै यिनका कवितामा सामाजिक भावना, राष्ट्रवादी भावना, क्रान्तिकारी विचार, परिवर्तनकारी विचारले मुख्य स्थान प्राप्त गरेका छन् भन्ने कुरा उल्लेख गरिएको छ । नेपाली समाज, राजनीति, यहाँका मानिसको आर्थिक अवस्था, शोषण, दमन, अन्याय, अत्याचार, भ्रष्टाचार जस्ता विकृति तथा विसङ्गतिलाई देखाउँदै नेपाली जनताले भोग्नुपरेको पीडा मुरारि पराजुलीका कविताको मुख्य विषय बनेको छ भने यही विषयको जगमा समाज परिवर्तनसँग सम्बन्धित विविध विचार प्रकट भएका छन् भन्ने कुरा यस लेखको निष्कर्षका रूपमा आएको छ ।

Downloads

Download data is not yet available.
Abstract
57
pdf
28

Downloads

Published

2025-01-30

How to Cite

तिवारी Tiwari प. P. P., & पौड्याल Paudyal श. S. R. (2025). मुरारि पराजुलीका कवितामा वैचारिकता. Kaladarpan कलादर्पण, 5(1), 33–45. https://doi.org/10.3126/kaladarpan.v5i1.74731

Issue

Section

Articles