मन्त्रीको मुस्कानमा राजनीतिक अराजकता

Authors

DOI:

https://doi.org/10.3126/kaladarpan.v5i1.74730

Keywords:

अस्थिरता, प्रतिरोध, राजनीतिक अकर्मन्यता, सुशासन, विश्वासको सङ्कट

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा राजनीतिक अराजकताको सिद्धान्तलाई आधार मानी मन्त्रीको मुस्कान लघुकथासङ्ग्रहको विश्लेषण गरिएको छ । राजनीतिक अराजकताले राजनीतिशास्त्रमा थियरी अफ चाओज्को रूपमा परिभाषित गरिएको छ । प्रारम्भमा यो अवधारणा राजनीतिक चिन्तनको रूपमा विकसित भए पनि समाजका विभिन्न क्षेत्रमा प्रवेश गर्दै जाँदा साहित्यमा समेत राजनीतिक अराजकता, विसङ्गति र अकर्मन्यताजस्ता विषयहरूसँग सम्बद्ध रहेको पाइएको छ । यस लेखको संरचना अन्तर्विषयक दृष्टिकोणमा आधारित छ । सामाजिक विज्ञानका रूपमा राजनीतिक सिद्धान्तको भूमिका हुने र साहित्यसमेत सामाजिक उत्पादन भएकोले स्वतः साहित्यमा राजनीतिक असङ्गतिको विमर्शले स्थान पाएको देखिन्छ । यद्यपि, नेपाली साहित्यमा राजनीतिक विसङ्गतिको अध्ययनको कमी रहेको परिप्रेक्ष्यमा यो लेख अनुसन्धानका लागि महत्वपूर्ण आधार बनेको छ । नेपाली साहित्यको समाजशास्त्रीय र सांस्कृतिक अध्ययनको सापेक्षतामा राजनीतिक अराजकताका विषयमा थोरै काम भए पनि यसप्रकारका प्रारम्भिक अध्ययनहरू हाल नेपालमा देखा पर्न थालेका छन् । प्रस्तुत लेखमा गुणात्मक अनुसन्धान विधि प्रयोग गरिएको छ । सामग्रीसङ्कलनका क्रममा पुस्तकालय अध्ययन र इन्टरनेटजस्ता विद्युतीय माध्यमहरूको उपयोग गरिएको छ । यस अध्ययनका लागि मन्त्रीको मुस्कान कृति प्राथमिक स्रोतका रूपमा प्रयोग गरिएको छ भने यस कृतिबारे भएका अघिल्ला कार्यहरू द्वितीय सामग्रीका रूपमा उल्लेखित छन् । विशेषतः राजनीतिशास्त्रबाट साहित्यमा प्रवेश गरेका सैद्धान्तिक ग्रन्थहरू यस लेखका द्वितीयक सामग्री हुन् । यसमा विश्लेषणका लागि सैद्धान्तिक आधार निर्माण गरी सूचकहरू तयार पारिएका छन् र ती सूचकहरूको प्रयोग गरेर सङ्ग्रहको विश्लेषण गरिएको छ । आजसम्म राजनीतिशास्त्रीय सिद्धान्तका आधारमा नेपाली लघुकथाको विश्लेषण नभएकाले यो अध्ययनलाई नवीन र नवप्रवर्तनात्मक कार्य मान्न सकिन्छ । विशेषतः नेपालमा राजनीतिक अकर्मन्यताको सीमाले नाघेको वर्तमान सन्दर्भलाई लामिछानेको प्रस्तुत लघुकथासङ्ग्रहमा राजनीतिक विसङ्गतिको प्रयोग स्पष्ट रूपमा देख्न सकिन्छ । भविष्यमा यस विषयमा थप अध्ययन गर्न चाहने अनुसन्धानकर्ताहरूका लागि यो लेख आधिकारिक आधार बन्ने सुनिश्चित छ ।

Downloads

Download data is not yet available.
Abstract
28
pdf
15

Downloads

Published

2025-01-30

How to Cite

थापा Thapa अ. A. (2025). मन्त्रीको मुस्कानमा राजनीतिक अराजकता. Kaladarpan कलादर्पण, 5(1), 24–32. https://doi.org/10.3126/kaladarpan.v5i1.74730

Issue

Section

Articles