‘देवासुर सङ्ग्राम’ महाकाव्यमा मिथकको ऐतिहासीकरण
DOI:
https://doi.org/10.3126/kaladarpan.v5i1.74728Keywords:
मिथक, देवासुर सङ्ग्राम, मिथकीय दृष्टि, ऐतिहासीकरणAbstract
मोदनाथ प्रश्रितद्वारा लिखित ‘देवासुर सङ्ग्राम’ महाकाव्य पुराणहरूमा वर्णित देवता र असुरहरूको मिथकीय वस्तुमा आधारित छ । देवासुर सङ्ग्राममा मिथकको ऐतिहासिकरण कसरी गरिएको छ भन्ने मुख्य समस्यामा केन्द्रित रही पाठ विश्लेषण विधिबाट निष्कर्ष निकालिएको छ । यसमा पुराणमा वर्णित देवासुर सङ्ग्रामसम्बन्धी मिथकलाई यसै भूगोलका विभिन्न सन्दर्भहरुसँग र मानव विकासमा देखिएका आर्य र आर्यइतर जातिको सन्दर्भ जोड्दै इतिहासमा घटित घटनाका रुपमा पौराणिक विषयवस्तुको पुनव्र्याख्या गरी निष्कर्ष निकालिएको छ । विभिन्न समय र सन्दर्भमा देव तथा असुरका बिच हुने युलाई ऐतिहासिक सन्दर्भ प्रदान गर्दै भिन्न भिन्न जातिबिच र विशेष गरेर आर्य र अनार्य जातिबिचको ऐतिहासिक युद्धका रूपमा चित्रण गरेर महाकाव्यकार प्रश्रितले मिथकको ऐतिहासीकरण गरेका छन् । पदार्थको द्वन्द्व, सत् र असत्को द्वन्द्व, दैवी र दानवी वृत्तिको द्वन्द्व आदि अनेक अर्थमा अथ्र्याइने देवासुर सङ्ग्रामलाई ऐतिहासिक स्वरू प्रदान गर्दै अतिसाधारणीकृत रूपमा मिथकीय पात्रको लैनिकीकरण गर्नु यसमा निहित मिथकीय चेतना हो । यसमा देवासर सङ्ग्राममा अभिव्यक्त मिथकको ऐतिहासीकरणमा सीमित रही महाकाव्यको मिथकीय विश्लेषण गरिएको छ ।