महाकाव्य सिद्धान्त र ‘आदर्श राघव’ महाकाव्य {Epic Theory and 'Adarsh Raghava' epic}

Authors

  • प्रेमप्रसाद Premprasad तिवारी Tiwari Tribhuvan University त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/kaladarpan.v4i1.62805

Keywords:

सन्धि, सर्गबन्ध, कथावस्तु, मङ्गलाचरण, परिवेश, नामकरण, रस

Abstract

आदर्श राघव महाकवि सोमनाथ सिग्द्यालको विचित्रमार्गी महाकाव्य लेखनलाई पछ्याउँदै लेखिएको कृति हो । आचार्य विश्वनाथ प्रणीत महाकाव्य सिद्धान्तका आधारमा आदर्श राघव कृति केकस्तो रहेको छ भन्ने मूल समस्यामा केन्द्रित रही यो लेख तयार गरिएको छ । यस लेखमा सर्गविधान, पात्रविधान, रसविधान, कथावस्तु संयोजन, कथावस्तुको स्रोत, महाकाव्यमा प्रकृति चित्रण, महाकाव्यमा छन्द प्रयोग, महाकाव्यको शीर्षकीकरण, महाकाव्यमा मङ्लाचरणजस्ता पक्षलाई आधार बनाएर अध्ययन गरिएको छ । आदर्श राघव महाकाव्यमा १६ ओटा सर्ग रहेका छन् र यसको नायकका रूपमा मर्यादा पुरुषोत्तम श्रीराम आएका छन् । यस महाकाव्यमा शान्त रस अङ्गी बनेर प्रकट भएको छ भने अन्य रस अङ्ग बनेर आएका छन् । महाकाव्यमा आएको विषय पौराणिक स्रोतमा आधारित रहेको छ । महाकाव्यमा यथोचित रूपमा प्रकृति चित्रण गरिएको छ र छन्दगत विविधता पनि रहेको छ । नायकको गुणका आधारमा शीर्षकीकरण गरिएको यस महाकाव्यमा नमस्कारात्मक मङ्गलाचरण गरिएको छ भन्ने कुरालाई लेखका माध्यमबाट स्पष्ट पारिएको छ । यस लेखमा सोमनाथ सिग्द्यालले सिद्धान्त अनुपालन गर्दै महाकाव्य लेख्ने कार्यमा सिद्धि प्राप्त गरेका छन् भन्ने विषयलाई तथ्यका आधारमा पुष्टि गरिएको छ । प्रस्तुत लेखमा आदर्श राघव महाकाव्यले आचार्य विश्वनाथद्वारा प्रतिपादित महाकाव्य सिद्धान्तलाई पूर्णतः पालना गरेको छ भन्ने निष्कर्ष निकालिएको छ ।

{Adarsh Raghava is work written by Somnath Sigdyal. This epic following the idiosyncratic epic theory. This article has been prepared focusing on the basic problem of what the Adrasha Raghava work based on Acharya Vishwanath's epic theory,. In this article, aspects such as sargavidhana, characterisation, rasavidhanam, story combination, source of story, depiction of nature in the epic, use of verse in the epic, titling of the epic, mangalacharan in the epic have been studied. Adarsh Raghava epic has 16 cantos and has Maryada Purushottam Sriram as its hero. In this epic, Shanta Rasa has appeared as main, while other Rasas have come as organs. The subject in the epic is based on mythological sources. In the epic, nature is depicted reasonably and there is also a variety of verses. It has been made clear through the article that Mangalacharan has been performed in this epic, which is titled based on the qualities of the hero. In this article, it has been confirmed on the basis of facts that Somnath Sigdyal has achieved success in writing an epic by following the principles. In the presented article, it is concluded that Adarsh Raghava epic has fully followed the epic theory propounded by Acharya Vishwanath.}

Downloads

Download data is not yet available.
Abstract
19
PDF
15

Downloads

Published

2024-02-21

How to Cite

तिवारी Tiwari प. P. (2024). महाकाव्य सिद्धान्त र ‘आदर्श राघव’ महाकाव्य {Epic Theory and ’Adarsh Raghava’ epic}. Kaladarpan कलादर्पण, 4(1), 22–29. https://doi.org/10.3126/kaladarpan.v4i1.62805

Issue

Section

Articles