महापुरुषको सङ्गत निबन्धमा छेकानुप्रास अलङ्कार {Chhekanupras alankar in essays associated with Mahapurusha}

Authors

  • एकनारायण Eknarayan पौड्याल Poudyal Birendra Multiple Campus, TU, Chitwan वीरेन्द्र बहुमुखी क्याम्पस चितवन

DOI:

https://doi.org/10.3126/kaladarpan.v4i1.62803

Keywords:

वृत्यनुप्रास, छेकानुप्रास, आवृत्ति, अलङ्कार, अनुप्रास, Alankar, Chhekanupras, Anupras, Aavritti

Abstract

प्रस्तुत लेख भैरव अर्यालद्वारा लिखित “महापुरुषको सङ्गत” निबन्धको अध्ययनमा केन्द्रित छ । यसमा गृहीत निबन्धलाई छेकानुप्रास अलङ्कारका आधारमा विश्लेषण गरिएको छ । यस निबन्धमा वृत्यनुप्रास, श्रुत्यनुप्रासजस्ता अनुप्रास अलङ्कारका प्रकारहरूको प्रयोग भएको पाइए पनि छेकानुप्रास अलङ्कारको आधिक्य रहेकाले यसलाई सोही आधारमा अध्ययन गरिएको छ । निबन्धमा छेकानुप्रास केकस्ता विषयसन्दर्भमा प्रयोग भएको छ र त्यसले निबन्धमा सौन्दर्य थप्न केकस्तो भूमिका खेलेको छ भन्ने मुख्य समस्यामा केन्द्रित यो अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । यसमा प्राथमिक तथा द्वितीयक दुवै स्रोतका सामग्री उपयोग गरिएको छ र विश्लेषणात्मक विधि अवलम्बन गरी अध्ययन गरिएको छ । यसमा आवश्यकतानुसार निगमनात्मक एवं आगनात्मक विधि प्रयोग गरिएको छ । विश्लेषित “महापुरुषको सङ्गत” निबन्धमा समाजले महापुरुष ठानेका व्यक्ति बाहिर असलजस्ता देखिए पनि व्यवहारतः उनीहरू खराब छन् भन्ने देखाइएको छ । तिनै खराब चरित्रप्रति व्यङ्ग्य गरी लेखिएको यो निबन्ध छेकानुप्रास अलङ्कारका कारण निकै रोचक र मार्मिक बनेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
25
PDF
38

Author Biography

एकनारायण Eknarayan पौड्याल Poudyal, Birendra Multiple Campus, TU, Chitwan वीरेन्द्र बहुमुखी क्याम्पस चितवन

सहप्राध्यापक

Downloads

Published

2024-02-21

How to Cite

पौड्याल Poudyal ए. E. (2024). महापुरुषको सङ्गत निबन्धमा छेकानुप्रास अलङ्कार {Chhekanupras alankar in essays associated with Mahapurusha}. Kaladarpan कलादर्पण, 4(1), 14–21. https://doi.org/10.3126/kaladarpan.v4i1.62803

Issue

Section

Articles