गङ्गानाथ कोइरालाका कवितामा आदर्श चेतना {Ideal Consciousness in The Poems of Ganga Nath Koirala}

Authors

  • टंकप्रसाद Tankaprasad पन्थ Pantha Tribhuvan Multiple Campus, TU त्रिभुवन बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/kaladarpan.v4i1.62800

Keywords:

स्वतन्त्रता, आचारसंहिता, आदर्शवाद, परिष्कार, नैतिक मूल्य

Abstract

गङ्गानाथ कोइराला नीति र आदर्शलाई जोड दिएर कविता लेख्ने स्रष्टा हुन् । समाजमा भइरहेका विकृति र प्रदूषणबाट मुक्त गरी मानिसमा परिष्कारको सञ्चार गराउनु उनका कविताको उद्देश्य रहेको देखिन्छ । सामाजिक मूल्यमान्यता र आदर्शबाट चुक्दै गएको मानिसलाई नैतिक पाठ पढाउने कुरामा उनका कविताहरू महत्त्वपूर्ण सामग्रीका रूपमा रहेका छन् । नेपाली कवितामा लामो साधना गरेका गङ्गानाथ कोइरालाले फुटकर रूपमा र कृतिका रूपमा कविता प्रकाशन गराएका छन् । यिनका कविताको मर्ममा आदर्शको चेतना ज्यादा रहेको पाइन्छ । राजनीतिक, सामाजिक जीवनका पृष्ठभूमिमा विषयलाई केन्द्रित गरी आदर्शको विचार सञ्चार गराउनमा यिनको लेखन सफल रहेको पाइन्छ । आम व्यक्तिभित्र मक्किएर रहेका कुरालाई प्रकाश पारी सुधारको सन्देश व्यक्त गर्नु यिनका लेखनको खास प्राप्ति हो । मानिस आफूले अधिकारको प्रयोग गर्दा कर्तव्यको पाटोलाई पनि भुल्न नहुने आग्रह कविको छ । आदर्शवादसँग सम्बद्ध विचारहरूलाई कवितामा खोजी गरी विश्लेषण गर्ने काम यस लेखमा गरिएको छ । आशाको किरण कवितासङ्ग्रहमा आदर्शवादी चेतना कसरी प्रयोग भएको छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही आदर्शवादको सैद्धान्तिक पर्याधारका सापेक्षमा विश्लेषण गरी निष्कर्ष निकाल्ने काम गरिएको छ । प्रस्तुत लेखमा आवश्यक सामग्री प्रथम र द्वितीयक स्रोतबाट लिइएको छ । प्राथमिक तथा द्वितीयक सामग्रीको उपयोग गरेर आदर्शवादी अवधारणालाई प्रकाश पारी आशाको किरण कवितासङ्ग्रहमा प्रस्तुत आदर्शवादलाई खोजी गर्ने काम यस लेखमा गरिएको छ ।

{Ganga Nath Koirala is an author who writes poetry with emphasis on policy and ideals. The aim of his poetry is to free people from the distortions and pollution that are happening in the society and communicate sophistication to people. His poems are important in teaching moral lessons to people who are straying from social values and ideals. Ganga Nath Koirala, who has practiced for a long time in Nepali poetry, has published poetry in the form of individual and works. It is found that there is more awareness of ideals in the content of his poems. His writing is successful in communicating the idea of ideals by focusing on the subject in the background of political and social life. The special achievement of his writings is to bring to light the things that are deep inside the common man and express the message of reform. The poet urges that people should not forget their duties while exercising their rights. Ideas related to idealism are searched and analyzed in this article. It also deals with how idealistic consciousness has been used in Aashako Kiran (ray of hope) poetry collection. Focusing on the main problematic question, it has been analyzed and drawn a conclusion in relation to the theoretical framework of idealism. The material required in the present article has been taken from primary and secondary sources. This article investigates the idealism existed in Aashako Kiran (ray of hope) poetry collection by highlighting the idealistic concept by using primary and secondary materials.}

Downloads

Download data is not yet available.
Abstract
24
PDF
10

Author Biography

टंकप्रसाद Tankaprasad पन्थ Pantha, Tribhuvan Multiple Campus, TU त्रिभुवन बहुमुखी क्याम्पस

उपप्राध्यापक

Downloads

Published

2024-02-21

How to Cite

पन्थ Pantha ट. T. (2024). गङ्गानाथ कोइरालाका कवितामा आदर्श चेतना {Ideal Consciousness in The Poems of Ganga Nath Koirala}. Kaladarpan कलादर्पण, 4(1), 1–13. https://doi.org/10.3126/kaladarpan.v4i1.62800

Issue

Section

Articles