नीरवताको सौन्दर्यशास्त्रका आधारमा ‘प्रिय मौनता’ को विश्लेषण {Analysis of 'Priya Maunata' on the basis Nirawata’s Beauty of silence}

Authors

  • निमग्ना Nimagna घिमिरे Ghimire त्रि.वि, रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडौं

DOI:

https://doi.org/10.3126/kaladarpan.v3i1.55213

Keywords:

सबाल्टर्न, आत्मविस्फोट, अचेतन, नीरवता, उपासना कविता, subaltern., self-explosion, unconscious, worship poetry

Abstract

प्रस्तुत लेखमा नीरवताको सौन्दर्यशास्त्रका आधारमा नेत्र एटमद्वारा रचित ‘प्रिय मौनता’ उपासना कवितासङ्ग्रहका कविताको विश्लेषण गरिएको छ । नीरवताको सौन्दर्यशास्त्र साहित्य सृजनामा नीरवता वा मौनताको महत्त्व तथा गरिमा र साहित्यिक कृतिमा चित्रित मौनतासम्बन्धी प्रस्तुतिको विश्लेषणमा केन्द्रित हुन्छ । यस अध्ययनमा नीरवताको सौन्दर्यशास्त्रसम्बन्धी सैद्धान्तिक मान्यताका आधारमा प्रस्तुत कविता सङ्ग्रहका कवितामा चित्रित मौनता र यसको महत्त्व तथा गरिमा सम्बन्धी प्रस्तुतिको विश्लेषण गरिएको छ । मौनताको उपासनामा केन्द्रित प्रस्तुत कविता सङ्ग्रहका कवितामा मौनतामा अचेतनको अभिव्यञ्जनाका साथै व्यक्ति वा सर्जकको आत्मविस्फोट हुने र सबाल्टर्न जीवनको अभिव्यञ्जना तथा जीवनको अन्तर्यात्रा पनि सम्भव हुन्छ भन्ने प्रस्तुति पाइन्छ । प्रस्तुत अध्ययन ‘प्रिय मौनता’ का कवितामा अचेतनको अभिव्यञ्जना तथा आत्म विस्फोट, सबाल्टर्न जीवनको अनुगुञ्जन र जीवनको अन्तर्यात्रा सम्बन्धी केकस्तो प्रस्तुति पाइन्छ भन्ने समस्यामा केन्द्रित छ । यसर्थ प्रस्तुत अध्ययनको उद्देश्य ‘प्रिय मौनता’ का कवितामा अचेतनको अभिव्यञ्जना तथा आत्मविस्फोट, सबाल्टर्न जीवनको अनुगुञ्जन र जीवनको अन्तर्यात्रा सम्बन्धी प्रस्तुति पहिल्याउनु हो । यसमा पुस्तकालयीय पद्धतिबाट प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीको सङ्कलन गरिएको छ र नीरवताको सौन्दर्यशास्त्रीय अध्ययनका लागि सैद्धान्तिक ढाँचा तयार गरेर निगमन विधिबाट विश्लेषण गरी प्रस्तुत कवितासङ्ग्रह नीरवताको सौन्दर्यशास्त्रीय दृष्टिकोणबाट हेर्दा मौनताको अभिव्यञ्जना गर्न सफल र सबल बन्न पुगेको निष्कर्ष निकालिएको छ ।

 

Downloads

Download data is not yet available.
Abstract
33
PDF
33

Author Biography

निमग्ना Nimagna घिमिरे Ghimire, त्रि.वि, रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडौं

उप–प्राध्यापक, नेपाली विभाग

Downloads

Published

2023-06-07

How to Cite

घिमिरे Ghimire न. N. (2023). नीरवताको सौन्दर्यशास्त्रका आधारमा ‘प्रिय मौनता’ को विश्लेषण {Analysis of ’Priya Maunata’ on the basis Nirawata’s Beauty of silence}. Kaladarpan कलादर्पण, 3(1), 87–97. https://doi.org/10.3126/kaladarpan.v3i1.55213

Issue

Section

Articles