अवधी मातृभाषी विद्यार्थीले नेपाली उच्चारण र लेखाइमा गर्ने त्रुटि {Awadhi Speaking Students' Errors in Nepali Pronunciation and Writing}

Authors

  • नारायणप्रसाद Narayanprasad पन्थ Pantha बुटवल बहुमुखी क्याम्पस, त्रि.वि,

DOI:

https://doi.org/10.3126/kaladarpan.v3i1.55188

Keywords:

निराकरण, समपारिवारिक, व्याकरणिक कोटि, शब्दभण्डार, त्रुटिविश्लेषण, language proficiency, second language, four language skills, vocabulary, Error analysis

Abstract

सिकारुले सिकाइका क्रममा विभिन्न त्रुटि गर्दछन् । त्रुटि भाषाका चारओटै सिप सुनाइ, बोलाइ, पढाइ र लेखाइमाहुन्छन् । त्रुटि मातृभाषामा मात्र होइन, दोस्रो वा अन्य भाषा सिकाइका क्रममा पनि हुन्छन् । सिकारुले कुन प्रकृतिका त्रुटि गर्दछन् । ती त्रुटि के कारणले वा कसरी हुन्छन् । तिनको निराकरणका उपाय के के हुन् भनी अध्ययन विश्लेषण गर्ने पद्धतिलाई त्रुटि विश्लेषण भनिन्छ । त्रुटिको अध्ययनबाट ज्ञानको स्तर र सिक्न बाँकी रहेका कुरा पत्ता लगाउन सकिन्छ । सिकारुले गरेका त्रुटि सङ्कलन, वर्गीकरण, व्याख्या र वर्णन गरी सिकाइमा रहेका खास–खास समस्याका आधारमा समाधान निकाल्न सकिन्छ । प्रस्तुत लेख अवधी मातृभाषी विद्यार्थीका नेपाली उच्चारण र लेखाइगत त्रुटिको अध्ययनमा केन्द्रित छ । यसको मुख्य उद्देश्य अवधी मातृभाषी विद्यार्थीले नेपाली उच्चारण र लेखाइमा गर्ने त्रुटि पत्ताल गाउनु रहेको छ । तथ्याङ्क सङ्कलन गर्दा अन्तर्वार्ता, सामूहिक छलफल, मौखिक उच्चारण तथा लिखित अनुुभववर्णन गराइएको छ । विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा वक्तृता र संवाद गराइएको छ । लिखित रूपमा स्तन्त्र वर्णनगराइएको छ । अवधी मातृभाषाका बारेमा पूर्व प्रकाशित पुस्तक, पत्रपत्रिका, पुस्तकालयीय अध्ययन कार्यको उपयोगगरिएको छ । तथ्याङ्क विश्लेषण गर्दा वर्णनात्मक, तुलनात्मक र विश्लेषणात्मक विधि प्रयोग गरिएको छ । यस लेखमाविषयपरिचय, त्रुटि विश्लेषणको सैद्धान्तिक आधार, अनुसन्धानका समस्या, उद्देश्य, विधि र प्रक्रिया, अवधी मातृभाषीविद्यार्थीका नेपाली उच्चारण तथा लेखाइगत त्रुटिको विश्लेषण गरी अन्त्यमा निष्कर्ष प्रस्तुुत गरिएको छ । अवधीमातृभाषी विद्यार्थीलाई नेपाली उच्चारण र लेखाइमा निकै कठिनाइ भएको, शब्दभण्डार, शब्दोच्चारणका तरिका रलय भिन्न भएकाले नेपाली भाषाका सुनाइ, बोलाइ, पढाइ तथा लेखाइमा त्रुुटि हुुने गरेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
157
PDF
128

Author Biography

नारायणप्रसाद Narayanprasad पन्थ Pantha, बुटवल बहुमुखी क्याम्पस, त्रि.वि,

 नेपाली शिक्षा विभाग

Downloads

Published

2023-06-07

How to Cite

पन्थ Pantha न. N. (2023). अवधी मातृभाषी विद्यार्थीले नेपाली उच्चारण र लेखाइमा गर्ने त्रुटि {Awadhi Speaking Students’ Errors in Nepali Pronunciation and Writing}. Kaladarpan कलादर्पण, 3(1), 25–33. https://doi.org/10.3126/kaladarpan.v3i1.55188

Issue

Section

Articles