शिरीषको फूल उपन्यासमा युद्धअभिघात {War Trauma in Shirishko Phool Novel}

Authors

  • रजनी काफ्ले Rajani Kafle ढकाल Dhakal नेपाली केन्द्रीय विभाग, त्रि.वि.

DOI:

https://doi.org/10.3126/kaladarpan.v3i1.55186

Keywords:

प्रभाव, साम्राज्यवादी नीति, प्रतिनिधित्व, अभिघात, विश्वयुद्ध, influence, imperialist policy, representation, trauma, world war

Abstract

प्रस्तुत लेख पारिजातको शिरीषको फूल उपन्यासको युद्धअभिघातीय विश्वलेषणमा केन्द्रित छ । युद्धअभिघातको सैद्धान्तिक मान्यताका आधारमा उपन्यासमा रहको युद्धको प्रतिनिधित्व र पात्रमा देखिएको युद्धअभिघातको अवस्था र प्रभावको विश्वलेषण आधारबाट उपन्यासको अध्ययन गरिएको छ । दोस्रो विश्ववयुद्धमा नेपालीहरू ब्रिटिस गोर्खा सैनिकका रूपमा सहभागी भएका र तिनीहरू अर्काको भूमिमा युद्ध लड्न पर्दा चोटग्रस्त भएको अभिघातीत मनस्थितिका साथै युद्धले निर्माण गर्दै गएको तिनको आक्रामक र हिंस्रक चरित्रबाट उनीहरूमा देखिएको अभिघातीत अवस्थालाई यस उपन्यासले चित्रण गरेको छ । युद्धका कारण चोटग्रस्त भएको मन र शरीरको अनेक अभिघातलाई चिनाउने क्रममा उपन्यासमा सुयोगवीर समाख्याता पात्रका रूपमा प्रस्तुत भई आफ्ना विगत स्मृतिलाई विसङ्गत मनोदशामा प्रस्तुत गर्दै युद्धले निर्माण गरेको जीवनको विसङ्गत अवस्था र निराशाको चित्रण गरेको छ । पाठपरक विश्लेषण विधिमा लेखिएको यस लेखमा उपन्यासका घटना तथा युद्धमा सहभागी मूल पात्रको मनोशारीरिक अवस्थाको अध्ययनबाट युद्ध मानवजीवनका लागि चोटपूर्ण, भयावह र निराशाजनक हुन्छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
53
PDF
60

Author Biography

रजनी काफ्ले Rajani Kafle ढकाल Dhakal, नेपाली केन्द्रीय विभाग, त्रि.वि.

 सहप्राध्यापक 

Downloads

Published

2023-06-07

How to Cite

ढकाल Dhakal र. क. R. K. (2023). शिरीषको फूल उपन्यासमा युद्धअभिघात {War Trauma in Shirishko Phool Novel}. Kaladarpan कलादर्पण, 3(1), 15–24. https://doi.org/10.3126/kaladarpan.v3i1.55186

Issue

Section

Articles