मधेश विद्रोह र सामाजिक आयाम {Madhes Rebellion and Social Movement}
DOI:
https://doi.org/10.3126/kaladarpan.v2i1.50911Keywords:
उत्पिडन वहिष्करण, मधेश आन्दोलन, सामाजिक कारण, विभेद, वहिष्करणAbstract
वि.सं. २०६३ साल माघ १ गते अन्तरिम संविधान जारी भएको भोलीपल्टदेखि मधेश आन्दोलित भयो । सङ्घीय शासन प्रणाली र जनसङ्ख्याको अनुपातमा समानुपातिक प्रतिनिधित्वको व्यवस्थाको माग र विभेद,वहिष्करण र भेदभावको विरुद्धमा मधेशमा आन्दोलित थियो । मधेश आन्दोलनको केन्द्रमा राजनीतिक बहिष्करण प्रमुखकारण त रहेको थियो तर यसका साथै आन्दोलनका केहि सामाजिक कारणहरु समेत रहेका थिए । विभेद, उत्पिडन,भाषा, रोजगारीका अवसरहरुमा रहेको विभेद, मधेशी प्रति पहाडीया सामाजिक दृष्टिकोण, मधेशको इतिहास माथिकोअबमूल्यन र वहिष्करण लगायतका सामाजिक कारणहरु मधेश आन्दोलन पछाडीका कारणहरु थिए । तसर्थ, यस लेखले मधेश आन्दोलनका सामाजिक कारणहरुको खोजी गर्ने प्रयास गरेको छ ।