चेपाङ समुदायका प्रमुख चाडपर्व मनाउने प्रक्रियामा लैङ्गिक भूमिका

Authors

  • Arun Kumar Kafle नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभाग, पद्मकन्या बहुमुखी क्याम्पस
  • Radha Adhikari नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभाग, त्रिचन्द्र क्याम्पस
  • Sujata Nepal लैङ्गिक अध्ययन

Keywords:

चेपाङ जाति, उत्पत्ति तथा नामकरण, बसोवास तथा जनसङ्ख्या, चाडपर्व तथा उत्सव, लैङ्गिक भूमिका

Abstract

चेपाङ समुदायसँग सम्बन्धित प्रमुख चाडपर्वहरू मनाउने प्रक्रियामा लैङ्गिक भूमिकाको अध्ययन यस लेखमा प्रस्तुत छ । समाजमा बसोवास गर्ने प्रत्येक जातजाति तथा जनजाति समुदायका आफ्नै प्रकारका जातीय चाडपर्वतथा उत्सवहरू हुने गर्दछन् । उक्त चाडपर्व, जात्रा तथा उत्सवहरूको सम्बन्ध पितृ तथा पुर्खाहरूको सम्झना र सम्मान, देवी देवताहरूको पूजा उपासना, वातावरणको संरक्षण र सम्वद्र्धन, मनोरञ्जन तथा आमोदप्रमोद जस्ता पक्षसँग जोडिएको हुन्छ । त्यसैले संस्कृतिको महत्वपूर्ण पक्ष सम्बन्धित जातजाति तथा जनजाति समुदायको चाडपर्व पनि हो । चेपाङ समुदायमा अन्य समाजमा जस्तो धेरै चाडपर्व मनाउने परम्परा छैन । विभिन्न देवीदेवताको पूजाका नाममा भोगबलि चढाउने प्रचलन भने व्यापक छ । यिनीहरू चाडपर्व मनाउँदा मासु तथा जाँडरक्सीको अत्यधिक प्रयोग गर्ने गर्दछन् । सामान्यतः अन्य जातजाति तथा जनजाति समुदायको देखाशिकीमा चेपाङ समुदायका मानिसहरूले दशैं, तिहार, संक्रान्ति मनाएको पनि देखिन्छ । ती पर्व यिनीहरूका मौलिकजातीय चाड भने होइनन् । चोनाम, देउकुल, बाहाबिस भने यो समुदाय मौलिक तथा प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरू हुन् । चाडपर्व र ती उत्सव मनाउँदा पूरा गरिने विधिविधान तथा कर्मकाण्डहरू अमूर्त संस्कृतिअन्तर्गत पर्ने क्रियाकलाप हुन् । त्यसलाई अभौतिक संस्कृति पनि भन्ने गरिन्छ । अतः चेपाङ समुदायसँग सम्बन्धित अमूर्त संस्कृतिको अध्ययनका क्रममा यो जातिका प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरूको पहिचान र मनाउने प्रक्रियामा लैङ्गिक भूमिका विश्लेषण गरिएको हो । यो लेखमा प्राथमिक तथ्याङ्क तथा द्वितीयक स्रोतको विश्लेषण भएको छ । यस लेखमा गुणात्मक प्रकृतिका सूचना तुलनात्मक रूपमा धेरै प्रयोग भएका छन् । अतः योगुणात्मक ढाँचामा आधारित लेख हो ।

Abstract
156
PDF
0

Author Biographies

Arun Kumar Kafle, नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभाग, पद्मकन्या बहुमुखी क्याम्पस

सह प्राध्यापक

Radha Adhikari, नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभाग, त्रिचन्द्र क्याम्पस

उपप्राध्यापक

Sujata Nepal, लैङ्गिक अध्ययन

शोधार्थी 

Downloads

Published

2025-05-07

How to Cite

चेपाङ समुदायका प्रमुख चाडपर्व मनाउने प्रक्रियामा लैङ्गिक भूमिका. (2025). Journal of Rapti Babai Campus, 5(1), 173-186. https://doi.org/10.3126/jrbc.v5i1.78477

Issue

Section

Articles

How to Cite

चेपाङ समुदायका प्रमुख चाडपर्व मनाउने प्रक्रियामा लैङ्गिक भूमिका. (2025). Journal of Rapti Babai Campus, 5(1), 173-186. https://doi.org/10.3126/jrbc.v5i1.78477