सावर्णि उपन्यासमा साइबरचेतना
DOI:
https://doi.org/10.3126/jjmr.v2i1.75179Keywords:
भूमण्डलीकरण, रोबोट, सफ्टवेयर, साइबरसंस्कृति, सावर्णि ।Abstract
स्तुत लेख श्रीधर खनालद्वारा लिखित सावर्णि उपन्यासको अध्ययनमा केन्द्रित छ । यस उपन्यासको साइबरसमालोचनाका आधारमा विश्लेषण गरिएको छ । अध्ययनका क्रममा उपन्यासमा साइबरचेतना के कस्तो रूपमा प्रस्तुत भएको छ भनी खोज गरिएको छ । साइबर भन्नाले विद्युतीय सञ्चारको सञ्जाल भन्ने बुझिन्छ । यससँग जोडिएर आएको चेतना शब्दले व्यक्तिको भित्री ज्ञान भन्ने अर्थ बुझाउँछ । यी दुवै शब्द र अर्थलाई जोड्दा साइबरचेतना भन्नाले विद्युतीय सञ्चारको सञ्जालसँग सम्बन्धित ज्ञान भन्ने अर्थ बुझिन्छ । प्रस्तुत लेखमा यही साइबरचेतनाको खोज गरिएको छ । यस उपन्यासमा साइबरयुगको विकासले चरम अवस्था प्राप्त गरेपछि साइबर सञ्जालमा एआईको नियन्त्रण हुन लागेको अवस्थाको चित्रण गरिएको छ । यसका साथै विज्ञान तथा प्रविधिको उच्च विकास र प्रयोगका कारणले मानवनियन्त्रित समाज र मानवयुगको अन्त्य भएपछि मानिसद्वारा निष्क्रिय पारिएको एआई पुनः सक्रिय भई आफ्नै नियन्त्रणमा मानवसमाजको पुनः स्थापना गरिएको विषयवस्तु प्रस्तुत गरिएको छ । गुणात्मक प्रकृतिको यस अध्ययनमा प्राथमिक सामग्रीका रूपमा सावर्णि उपन्यास रहेको छ भने द्वितीयक सामग्रीका रूपमा साइबरसमालोचनासँग सम्बन्धित पुस्तक, लेख आदि रहेका छन् । उपन्यासमा साइबरको प्रयोग के कस्तो रूपमा गरिएको छ भन्ने मुख्य समस्यामा केन्द्रित यस अध्ययनमा उपन्यासबाट खासखास अंश उद्धरण गरी व्याख्यात्मक तथा विश्लेषणात्मक विधि अवलम्बन गरेर साक्ष्यका आधारमा समस्याको समाधान खोजिएको छ । साइबरसमालोचनालाई आधार बनाएर अध्ययन गर्दा यस उपन्यासमा मानवलाई चिप्स, रोबोट आदि यन्त्रमानवद्वारा नियन्त्रण गरी राखिने समाजको परिकल्पना गरिएको र यसरी यन्त्रद्वारा नियन्त्रित हुँदा मानवको स्वअस्तित्व र मौलिक सिर्जनशील क्षमता नष्ट हुने भएकाले यसतर्फ सचेत हुनुपर्ने कथ्य रहेको पाइन्छ । यसरी उपन्यासमा यन्त्रद्वारा शासित र निर्देशित साइबरसमाजको परिकल्पना गरी नवीन विषयवस्तुलाई रोचक भाषाशैलीका माध्यमले प्रस्तुत गरिएका कारण उपन्यास साइबरचेतनाका दृष्टिले स्तरीय र सफल रहेको निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.