एक्लो उपन्यासका पात्रहरुको शैलीवैज्ञानिक आधारमा चरित्रचित्रण

Authors

  • रामचन्द्र Ramchandra भट्टराई Bhattarai जनता बहुमुखी क्याम्पस इटहरी, सुनसरी

DOI:

https://doi.org/10.3126/jjmc.v3i1.66111

Keywords:

शैलीवैज्ञानिक, विसङ्तिवादी, पात्रवर्गीकरण, उपन्यास, चरित्रचित्रण

Abstract

एक्लो उपन्यासका पात्रहरूको शैलीवैज्ञानिक आधारमा चरित्रचित्रण शीर्षकको प्रस्तुत लेखमा उपन्यासकार बुद्धिसागररचित एक्लो उपन्यासमा प्रयुक्त पात्रहरूको शैलीवैज्ञानिक मान्यताका आधारमा चरित्रचित्रण गरिएको छ । पात्रहरूको चरित्रचित्रण÷विश्लेषण गर्ने क्रममा शैलीवैज्ञानिक पद्धति अवलम्बन गरिएको छ । प्रस्तुत उपन्यासमा प्रयुक्त प्रमुख तथा सहायक पात्रहरूको चरित्रचित्रण गर्नु यस अनुसन्धानमूलक लेखको मुख्य उद्देश्य रहेको हुनाले अनुसन्धानलाई सोही दिशातर्फ केन्द्रित गरिएको छ । सामग्री सङ्कलनका क्रममा यस लेखलाई आवश्यक पर्ने प्राथमिक सामग्रीका रूपमा एक्लो उपन्यासलाई लिइएको छ भने अनुसन्धानको सैद्धान्तिक आधार निर्माणका लागि अन्य द्वितीयक प्रकारका सामग्रीहरू जस्तै( विभिन्न लेखकका प्रकाशित कृति, अप्रकाशित शोधग्रन्थ, अनुसन्धानमूलक जर्नल तथा पत्रपत्रिकामा प्रकाशित लेखरचनाहरू पुस्तकालयीय स्रोतबाट लिइएको छ । यस लेखको प्रस्तुतीकरणमा वर्णनात्मक विधिको प्रयोग गरिएको छ । प्रस्तुत लेखमा पात्रहरूको वर्गीकरण लैङ्गिक, कार्य वा भूमिका, प्रवृत्ति, स्वभाव, जीवनचेतना, आसन्नता तथा आबद्धताका आधारमा गरी विश्लेषणसहित चरित्रचित्रणलाई तार्किक पुष्टि गरिएको छ । एक्लो उपन्यास श्रीको कथा हो । ऊ विसङ्गतिवादी पात्र हो । बहुपात्रीय उपन्यासका रूपमा रहेको प्रस्तुत कृतिको प्रमुख पात्र श्री (सिरी) का माध्यमबाट सहरको लाखौंको भीडमा पनि मानिस अस्तित्वविहीन र एक्लो हुन्छ भन्ने देखाइएको छ । विवेच्य उपन्यासमा गौण, मञ्चीय, अनुकूल, वर्गीय र मुक्त पात्रहरूको बाहुल्य रहेको पाइन्छ । यहाँ विश्लेषण गरिएका पात्रहरूमध्ये प्रमुख, सहायक, बद्ध, प्रतिकूल र नेपथ्य पात्रको सङ्ख्या कम छ । शैलीवैज्ञानिक वर्गीकरणका आधारमा एक्लो उपन्यासका पात्रहरू केकस्ता छन् भन्ने कुरा यस अध्ययनको मूल अनुसन्धान प्रश्न हो भने यो उपन्यासका पात्रहरूको शैलीवैज्ञानिक आधारमा चरित्रचित्रण गर्नु यसको उद्देश्य हो । निष्कर्षतः पात्र प्रयोगका दृष्टिले प्रस्तुत उपन्यास उत्कृष्ट ठहरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
111
PDF
29

Author Biography

रामचन्द्र Ramchandra भट्टराई Bhattarai, जनता बहुमुखी क्याम्पस इटहरी, सुनसरी

स. प्राध्यापक, नेपाली भाषा शिक्षा विभाग

Downloads

Published

2024-05-23

How to Cite

भट्टराई Bhattarai र. R. (2024). एक्लो उपन्यासका पात्रहरुको शैलीवैज्ञानिक आधारमा चरित्रचित्रण. Journal of Janta Multiple Campus, 3(1), 99–108. https://doi.org/10.3126/jjmc.v3i1.66111

Issue

Section

Articles