‘प्यालासँग नयाँ कविता’ कविता सङ्ग्रहमा यथार्थ {Reality in ‘Pyaala-Sanga Naya Kabita’ Poerty Collection}
DOI:
https://doi.org/10.3126/jj.v3i1.83337Keywords:
अस्तित्ववादी Existentialist, अभिव्यञ्जना Expression, प्याला Pyala, यथार्थ Reality, विसङ्गतिवाद Absurdism, समयचेत TemporalityAbstract
कवि सुमन घिमिरे ‘अग्रिम’ को ‘प्यालासँग नयाँ कविता’ कविता सङ्ग्रह वि.सं. २०६२÷०६३ देखि २०८० को दशकसम्ममा नेपालमा देखिएका समसामयिक यथार्थताहरू अभिव्यक्त भएको कविताहरूको सँगालो हो । तत्कालीन समयको समाज, राजनीति, अर्थव्यवस्था, संस्कार र संस्कृति नै यस काव्यमा यथार्थ रूपमा अभिव्यक्त भएका छन् । गरिबी, अभाव, पीडा, विसङ्गति, व्यङ्ग्य, प्रगतिशील चेत, अस्तित्ववादी चिन्तन र समसामयिक दृष्टिकोण तथा यथार्थतालाई काव्यभित्र खोज्नु प्रस्तुत लेखको उद्देश्य हो । उल्लिखित समयका यथार्थ विषय एवम् स्वरलाई कविले हुबहु रूपमा काव्यमा प्रस्तुत गरेको पाइनु यस लेखको प्रमुख प्राप्ति हो । यथार्थमा देश, जनता, जाति, सभ्यता, संस्कृति, संस्कारजस्ता पक्षलाई केन्द्र मानेर काव्य तयार भएकाले उक्त कवितामा राष्ट्रिय भाव स्वतः समेटिएको छ । पुस्तक पठन विधिको प्रयोग गरी तथ्याङ्क सङ्कलन गरिएको प्रस्तुत लेखमा पाठात्मक विधिका आधारमा सामग्रीको विश्लेषण गरिएको छ भने गुणात्मक पद्धतिअन्तर्गत ‘प्यालासँग नयाँ कविता’ कविता सङ्ग्रहलाई प्राथमिक स्रोत र अन्य सामग्रीलाई द्वितीयक स्रोत सामग्रीका रूपमा अपनाइएको छ । कविताभित्रको यथार्थताको खोजी गरिएकाले पठन तथा अन्तर्पठनद्वारा सम्बन्धित पाठक तथा यथार्थताको अध्ययन गर्ने अध्येतालाई यो लेख उपयोगी रहेको छ ।
{The poetry collection "Pyaala-sanga Naya Kabita" by poet Suman Ghimire 'Agrim' is an anthology that reflects contemporary realities observed in Nepal from 2005–06 to 2023 AD (B.S. 2062/063 to 2080). The poems vividly portray the realities of the time, including society, politics, economy, traditions, and culture. This article aims to explore how themes such as poverty, deprivation, pain, irony, satire, progressive awareness, existential thought, contemporary perspectives, and realism are expressed within the poems. One of the major findings of this article is that the poet has authentically represented the realities and voices of contemporary period in his work. Since the poems revolve around core national concerns such as the country, the people, ethnicity, civilization, culture, and traditions, a strong sense of nationalism is naturally embedded in the collection. This study employs the method of close reading for data collection and applies textual analysis for interpretation. Under the qualitative research approach, "Pyaala-sanga Naya Kabita" serves as the primary source, while other relevant literature has been used as secondary sources. As the focus is on discovering the elements of realism within the poems, it is remarkable for readers and researchers interested in realistic textual an analysis.}