‘भोक र भित्ताहरू’ उपन्यासमा यथार्थवाद {Realism in the novel ‘Bhok ra Bhittaharu’}

Authors

DOI:

https://doi.org/10.3126/jj.v3i1.83324

Keywords:

भौतिकवाद Materialism, यथार्थवाद Realism, वस्तुसत्य Objective Truth, विसङ्गति Contradiction, समालोचना Criticism, सहजात Innate

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा दौलतविक्रम विष्टको ‘भोक र भित्ताहरू’ उपन्यासलाई यथार्थवादी शिल्प प्रयोगका आधारमा विवेचना गरिएको छ । यथार्थवादका आधारमा ‘भोक र भित्ताहरू’ उपन्यासको विश्लेषण गर्नु यस अनुसन्धानको मुख्य उद्देश्य हो । यस लेखमा उपन्यास विश्लेषणका लागि यथार्थवादका मान्यताहरूका साथै सामाजिक यथार्थवाद, आदर्शोन्मुख यथार्थवाद र आलोचनात्मक यथार्थवादलाई मुख्य आधार मानिएको छ । अध्ययनका लागि आवश्यक सामग्री पुस्तकालय र विभिन्न समालोचनाका कृतिहरूबाट लिइएको छ । यस अध्ययनमा गुणात्मक अनुसन्धान प्रक्रियाअन्तर्गत कृतिको वर्णनात्मक र विश्लेषणात्मक अध्ययन विधिलाई प्रयोग गरिएको छ । उपन्यासमा सामाजिक यथार्थतालाई देखाउन रुढीग्रस्त, अशिक्षित, विपन्न, अभावग्रस्त तत्कालीन नेपाली समाजमा देखिएका विकृति र विसङ्गतिलाई केलाइएको छ । यसमा काठमाडौँ उपत्यकामा जीर्ण भइसकेको पाटी, पौवा, धर्मशाला र त्यसमा छेउछाउको परिवेशलाई केन्द्र मानिएको छ । उपन्यासको प्रमुख पात्र हर्के साहिँलाको केन्द्रीयतामा उपन्यासको विषयवस्तु अघि बढेकाले सामाजिक स्थितिको दृश्याङ्कन गर्न उपन्यास सफल छ । यसमा गरिबको समस्या धनी वर्गले नबुझ्ने कुरालाई हर्के साहिँलाजस्तो गरिबलाई हतियार बनाई आफ्नो स्वार्थ सिद्ध गर्ने प्रसङ्ग आएको छ । उपन्यासमा पात्रअनुकूल कथ्य भाषाको प्रयोग गरिएको छ । भोकले सताइएका हर्के साहिँला, चन्द्रे, झुने, जुनेलीजस्ता व्यक्तिहरूको कारुणिक चित्र याथार्थपरक ढङ्गबाट गरिएको छ । उपन्यासमा सामाजिक यथार्थलाई आदर्शोन्मुख यथार्थतर्फ ढल्काउँदै आलोचनात्मक यथार्थमा लगेर टुङ्ग्याइएको छ ।

{This research article, Daulat Bikram Bista's novel ‘Bhok ra Bhittaharu’ has been analyzed on the basis of realistic literary apporach. The main objective of this research is to analyze the novel ‘Bhok ra Bhittaharu’ on the basis of realism. In this article, the norms of realism, as well as social realism, ideal-oriented realism and critical realism, have been considered as the main basis for analysis. It deals with liberary research for essential materials collection and various works of criticism. In this study, the descriptive and analytical study methods of the work have been used under the qualitative research process. The novel examines the distortions and anomalies seen in the stereotyped, uneducated, poor and deprived Nepali society of the time to show social reality. In this, the dilapidated Pati, Pauwa, Dharamshala and the surrounding environment in the Kathmandu Valley have been considered as the center. Since the theme of the novel progresses with the centrality of the main character of the novel, Harke Sahinla, the novel is successful in visualizing the social situation. In this, the rich class does not understand the problems of the poor and uses the poor like Harke Sahinla as a weapon to prove their own interests. The novel uses character-appropriate narrative language. The tragic portraits of people like Harke Sahinla, Chandre, Jhune, and Juneli tormented by hunger are realistic. The novel concludes by tilting social reality towards ideal-oriented reality and taking it to critical reality.}

Downloads

Download data is not yet available.
Abstract
61
PDF (नेपाली)
44

Author Biography

Baikuntha Prasad Paudel, जनज्योति बहुमुखी क्याम्पस, लालबन्दी, सर्लाही

सहप्राध्यापक

 

Published

2025-08-22

How to Cite

Paudel, B. P. (2025). ‘भोक र भित्ताहरू’ उपन्यासमा यथार्थवाद {Realism in the novel ‘Bhok ra Bhittaharu’}. Janajyoti Journal, 3(1), 333–348. https://doi.org/10.3126/jj.v3i1.83324

Issue

Section

Articles