राजवंशी भाषा र नेपाली भाषाका व्यतिरेकी शब्दको विश्लेषण
Keywords:
पहिलो भाषा, दोस्रो भाषा, बाधक, साधक, सिकारुAbstract
गुणात्मक ढाँचामा लेखिएको प्रस्तुत लेखमा व्यतिरेकी सैद्धान्तिक आधारमा राजवंशी र नेपाली
भाषाका शब्दहरूको तुलना गरिएको छ । प्रस्तुत लेखमा मोरङको बेलबारी नपा क्षेत्रमा
बसोबास गर्ने राजवंशी भाषाका वक्ताहरू र राजवंशी शब्दकोशबाट सङ्कलित सूचनाका
आधारमा भाँडाकुँडाबोधक, खानेकुराबोधक, शरीरका अङ्गबोधक, नाता/सम्बन्धबोधक, तरकारी/फलफूलबोधक, जीवजनावरबोधक, लत्ताकपडाबोधक, समयबोधक, मौसमबोधक,
जन्मक्रमबोधक, अङ्क/सङ्ख्याबोधक, महिनाबोधक, रङबोधक, हातहतियारबोधक, बारबोधक
र अन्नबालीबोधक शब्दको व्यतिरेकी विश्लेषण गरिएको छ । अन्तर्वार्ताबाट प्राप्त तथ्यका
आधारमा हेर्दा राजवंशी र नेपाली भाषाका केही शब्दमा समान अभिलक्षण देखिन्छ, भने
केहीमा भिन्न अभिलक्षण देखिन्छन् । यस्ता अभिलक्षणहरूलाई राजवंशी शब्दकोशका
सहायताले पनि सत्यापन गरिएको छ । समग्र तथ्यहरूको अध्ययन र विश्लेषणबाट राजवंशी
र नेपाली भाषाका शब्दमा समानता, सामान्य भिन्न अभिलक्षण र नितान्त भिन्न अभिलक्षण
देखिएको निष्कर्ष निकालिएको छ ।