कक्षा नौमा अध्ययनरत विद्यार्थीको सारांश लेखन क्षमता
DOI:
https://doi.org/10.3126/jg.v6i2.82630Keywords:
सारांश लेखन क्षमताAbstract
प्रस्तुत अध्ययन सुर्खेत जिल्ला कक्षा नौमा अध्ययनरत विद्यार्थीको सारांश लेखन क्षमता शीर्षकमा केन्द्रित रहेको छ । यस अध्ययनमा पाठ्यक्रमले लेखाइ सिप सम्बन्धी राखेका उद्देश्यहरू अनुसारको लेखाइ कार्यकलाप अनिवार्य रूपले सञ्चालन गर्नुपर्दछ । भाषाका अन्य सिपको विकास सँगसँगै लेखाइ सिपका विकास गर्नु पर्दछ l बिद्यार्थीका तह, स्तर, क्षमता जस्ता कुराहरुलाई ध्यानमा राखी लेखाइ सिप सम्बन्धी कार्यकलाप सञ्चालन गरिनु पर्दछ । कमजोर बिद्यार्थीहरूलाई उपचारात्मक वा निराकरणात्मक शिक्षण गर्नु पर्दछ । मूल्याङ्कन प्रणालीमा विविधता ल्याउनु पर्दछ । सबै भाषिक सिपको समान मूल्याङ्कन हुनुपर्दछ । प्रतियोगितात्मक लेखाइ गराएमा बिद्यार्थीहरूको लिखित अभिव्यक्ति क्षमता वृद्धि हुन्छ । शिक्षक बिद्यार्थीबिच अन्तरक्रिया हुनुपर्दछ । शिक्षकको निम्ति तालिम, पुनर्ताजगी तालिमको व्यवस्था गरिनु पर्दछ । पाठ्यक्रम, पाठ्यपुस्तक निर्माण गर्दा बिद्यार्थीहरूको रुचि, क्षमता, स्तर अनुरूप गरिनु पर्दछ ।बिद्यार्थीहरूको रुचि अनुसार शिक्षण सिकाइ कार्यकलाप गर्नुपर्दछ । सारांश लेखन गृहकार्यको रूपमा समेत अभ्यास गराउनु पर्छ ।