विद्यालय सुपरिवेक्षणको प्रभावकारिता
Keywords:
शैक्षिक सेमिनार, प्रभावकारिता, सुपरिवेक्षणAbstract
यस अध्ययनबाट त्रिपुरा सुन्दरी नगरपालिकाभित्रका ११ वटा विद्यालय छनौट गरी सम्बन्धित विद्यालयका प्रधानाध्यापक शिक्षक, वि.व्य.स.सम्बन्धित क्षेत्रमा अध्ययनको जनसंख्याको रुपमा छनोट गरी छनोटमा परेका सरोकारवालास“ग सम्बन्धित क्षेत्रमा पुगी छलफल, भेटघाट, प्रश्नावली, अन्तर्वार्ता, अवलोकन मार्फत, आवश्यक तथ्याङ्क संकलन गरी तथ्याङ्कलाई व्याख्या विश्लेषण गरिएको छ ।
अध्ययन क्षेत्रका विद्यालयमा सुपरिवेक्षणकर्ताले विद्यालयको सुपरिवेक्षण गरिएको देखिदैन । कहिलेकाही गएपनि निरीक्षण गर्ने गरेको देखिन्छ । विद्यालय सुपरिवेक्षण शैक्षिक पक्षमा ध्यान नदिई खाली प्रशासनिक कार्यमा मात्र ध्यान दिएको देखिन्छ । विद्यालयमा शिक्षक दरबन्दी कम भएको कारण प्रधानाध्यापक सुपरिवेक्षण कार्यमा भन्दा कक्षा शिक्षण कार्यमा व्यस्त रहने अवस्था छ । निरीक्षण सदरमुकाम नजिकको विद्यालयहरुमा मात्र रहेको छ । सरोकारवालालाई जिम्मेवारी बोध नहुनु, त्रिपुरा सुन्दरीमा नभई नगर शिक्षा कार्यालयमा व्यस्त रहनु, सम्बन्धको अभाव, वि.व्य.स. सुपरिवेक्षणप्रति अनविज्ञ रहेको अवस्था छ ।
विद्यालयको सुपरिवेक्षणस“ग प्रत्यक्ष र अप्रत्यक्ष सम्बन्ध राख्ने सरोकारवालाले सुपरिवेक्षणप्रति ध्यान नदिदा विद्यलायको सुपरिवेक्षणका अवस्था नाजुक रहेको देखिन्छ । विद्यालयमा एघारौं वर्षदेखि राजनैतिक हस्तक्षेप लगायत विविध कारण विषयगत रुपमा दरबन्दी मिलान नगरेको कारण शैक्षिक प्रक्रियामा असर परेकोले नियमित सुपरिवेक्षण गरी विषयगत रुपमा दरबन्दी मिलान गर्नुपर्ने, विद्यालयको भौतिक व्यवस्थापन अस्तव्यस्त भएकोले सरोकारवालाले निराकरण गर्नुपर्ने, सरोकारवालालाई, आधुनिक विधि र प्रविधिको प्रयोग गरी पाठयोजना, शैक्षिक समाग्री निर्माण गरी शिक्षण गर्नुपर्ने अभिभावकको लागि जनचेतनामूलक कार्यक्रम संचालन हुनुपर्ने दण्ड र पृुरस्कारको व्यवस्था हुनुपर्ने, प्रधानाध्यापकको सट्टा अर्को दरबन्दी सृजना गरी प्रधानाध्यापकलाई प्रशासनिक र शैक्षिक सुपरिवेक्षणको जिम्मा दिनुपर्ने वि.नि.लाई कार्यक्षेत्रमै बस्ने व्यवस्था गरी नियमित सुपरिवेक्षण हुनुपर्ने कुराहरु उल्लेख गरिएको छ ।
सुपरिवेक्षणस“ग सम्बन्धित निकाय र सरोकारवालाले आफ्नो दायित्व, कर्तव्य र जिम्मेवारी एकले अर्कोलाई दोष लगाउने परिपाटीलाई त्यागेर वर्तमानको विद्यालय सुपरिवेक्षणको अवस्थामा सुधार गरी बालबालिकालाई गुणस्तरिय शिक्षा प्रदान गरी भोलिको देशको कर्णाधार, राष्ट्रको खम्बा भई देशको होनहार नागरिक हुने मार्गनिर्देशन गर्न यस अध्ययन क्षेत्रका सम्पूर्ण सरोकारवालाको वर्तमान बदलिदो समय र परिस्थिति अनुरुप आफ्नो दायित्व र जिम्मेवारीलाई आत्मसाथ गर्दै विद्यालयको चौतर्फी विकासमा जुट्न आवश्याक देखिन्छ ।