बिम्ब एल्बममा भएका गजलहरूको साङ्गीतिक विवेचना

Authors

  • शोभा पाण्डे Tribhuvan University, Nepal

DOI:

https://doi.org/10.3126/jfac.v6i2.84563

Keywords:

Dastagh, Ghazal, Kafia, Matla, Makam, Makta, Radif, Scale, Ser, Sur

Abstract

नेपाली भाषामा गजलको लेखन मोतीराम भट्टबाट प्रारम्भ भएको हो भने त्यसको गायन भने त्यो समयतिर हुन सकेन । रेडियो नेपालको स्थापनापछि सुरुमा फाटफुट रूपमा गजल गाइएको पाइन्छ भने २०४६ सालपछि यसको गायनमा तीव्रता आएको पाइन्छ । यस क्रममा नेपाली गजल गायनको इतिहासमा कृष्णहरि बरालको रचना र गैह्रे सुरेशको सङ्गीतमा रहेको बिम्ब एल्मब महŒवपूर्ण छ । एल्बममा नौ वटा गजल प्रेम विषयका संयोग अनि वियोग भावका छन् भने एउटा गजलमा दार्शनिक विषयको प्रयोग पाइन्छ । यसमा भावका सबै गजल शेर, रदिफ, काफियामा प्रयोग दृष्टिले महŒवपूर्ण छन् । यस एल्बममा हालका नेपाली चर्चित गायकगायिकाहरूले गायन प्रस्तुत गरेका छन् । गायनका हिसाबमा यसमा भएका गजल महŒवपूर्ण छन् । यसमा भएका गजलहरू मध्ये ‘बाँध्दा बाँध्दै’, ‘कति दिन बिते’, ‘किन हजुर नबोलेको’ र ‘मेरो जिन्दगी हो आँसु’ विशेष छन्। यस पूर्व यस एल्बमका गजलहरूको विश्लेषणात्मक विवेचना गरिएको नपाइएको हुनाले यस लेखले पाठकहरूलाई एल्बमका गजलहरूका सम्बन्धमा थप प्रकास पार्ने देखिन्छ । प्रस्तुत लेखको अध्ययन पश्चात् भावि अध्येतालाई कुनै पनि गीत, गजल आदिको समग्र विश्लेषण गर्ने सहयोगी मार्ग प्राप्त हुनेछ ।

While the writing of ghazals in Nepali language began with Motiram Bhatta, their singing did not begin until then. Initially, ghazals were sung sporadically after the establishment of Radio Nepal, but their singing intensified after 2046 BS. In this regard, the Bimb album composed by Krishna Hari Baral and composed by Ghair Suresh is important in the history of Nepali ghazal singing. Nine ghazals in the album are emotional about love, and one ghazal uses philosophical themes. All the ghazals in this album are important in terms of their use of sher, radif, and kafiya. Popular Nepali singers have performed in this album. The ghazals in it are important in terms of singing. Among the ghazals in it, ‘Bandha Bandhadai’, ‘Kati Din Bite’, ‘Kin Hajur Naboleko’ and ‘Mero Zindagi Ho Anshu’ are special. Since no analytical analysis of the ghazals of this album has been found before, this article seems to enlighten the readers further about the ghazals of the album. After studying the present article, future scholars will get a helpful way to conduct a comprehensive analysis of any song, ghazal, etc.

Downloads

Download data is not yet available.
Abstract
29
PDF
9

Downloads

Published

2024-12-31

How to Cite

पाण्डे श. (2024). बिम्ब एल्बममा भएका गजलहरूको साङ्गीतिक विवेचना . Journal of Fine Arts Campus, 6(2), 39–47. https://doi.org/10.3126/jfac.v6i2.84563

Issue

Section

Research Articles