थारुभाषी विद्यार्थीका नेपाली उच्चारणगत र वर्णविन्यासगत त्रुटि

Authors

  • Narayanprasad Pantha बुटवल बहुमुखी क्याम्पस, बुटवल

Keywords:

त्रुटि, मातृभाषा, वर्णविन्यास, व्याकरणिक कोटि, शुद्धीकरण

Abstract

प्रस्तुत लेखमा थारुभाषी विद्यार्थीको नेपाली उच्चारणगत र वर्णविन्यासगत त्रुटिलाई मुख्य समस्याका रूपमा लिइएको छ । लेखको उद्देश्य थारुभाषी विद्यार्थीको नेपाली उच्चारणगत
र वर्णविन्यासगत त्रुटिको विश्लेषण गर्नु रहेको छ । गुणात्मक ढाँचामा तयार पारिएको यस अध्ययनमा प्राथमिक र द्वितीयक स्रोतबाट तथ्य सङ्कलन गरी वर्णनात्मक रूपमा
प्रस्तुत गरिएको छ । अनुसन्धानका क्रममा थारुभाषी विद्यार्थीले ‘क्ष’ वर्णलाई ‘छ’ वा ‘छे’, ‘य’ वर्णलाई ‘ए’, ‘त’ वर्णलाई ‘ट’, ‘ज्ञ’ वर्णलाई ‘ग’ वा ‘गे’ वा ‘ग्गे’ का रूपमा उच्चारण
गर्नाले यसको प्रभाव लेखाइमा समेत परेको देखिन्छ । त्यस्तै, उक्त विद्यार्थीले अजन्तलाई हलन्त उच्चारण गरेको, अनुस्वार तथा चन्द्रबिन्दुको उपयुक्त उच्चारण गर्न नसकेको,
वर्णलोप गरेको, रकार लोप तथा रेफ लागेका वर्णको त्रुटिपूर्ण उच्चारण गरेको देखिन्छ । उच्चारणको प्रभावले सबै विद्यार्थीको लेखाइमा एउटै प्रकृतिका त्रुटि रहेका छन् । यस
अध्ययनबाट नेपाली वर्णविन्यासका क्षेत्रमा थारुभाषी विद्यार्थीले उच्चारणगत प्रभावका कारण वर्णविन्यासगत त्रुटि गर्ने गरेको निष्कर्ष प्राप्त भएको छ । शिक्षण सिकाइका क्षेत्रमा
उपयोग हुने भएकाले प्रस्तुत लेखको शैक्षणिक उपयोगिता रहेको छ । 

Abstract
224
PDF
23

Downloads

Published

2024-12-31

How to Cite

Pantha, N. (2024). थारुभाषी विद्यार्थीका नेपाली उच्चारणगत र वर्णविन्यासगत त्रुटि. Education Quarterly, 5(1), 134-150. https://doi.org/10.3126/jeqtu.v5i1.76751

Issue

Section

Articles

How to Cite

Pantha, N. (2024). थारुभाषी विद्यार्थीका नेपाली उच्चारणगत र वर्णविन्यासगत त्रुटि. Education Quarterly, 5(1), 134-150. https://doi.org/10.3126/jeqtu.v5i1.76751