नेपाली भाषाको सन्दर्भगत सिकाइ उपलब्धिमा सञ्चारका साधन र भाषिक पृष्ठभूमिको प्रभाव

Authors

  • Umesh Kafle त्रिभुवन त्वश्वत्वद्यालय, त्िक्याियास्त्र के न्द्रीय त्वभयाग, कीत््तिपुर https://orcid.org/0009-0008-8540-7999

Keywords:

उपलब्धि, भाषिक पृष्ठभूमि, मानक विचलन, सन्दर्भगत सिकाइ, सार्थकताको मान

Abstract

प्रस्तुत लेख नेपाली भाषाको सन्दर्भगत सिकाइ उपलब्धिमा सञ्चारका साधन र भाषिक पृष्ठभूमिको प्रभावमा केन्द्रित छ । परिमाणात्मक ढाँचालाई आधार मानिएको यस लेखमा काठमाडौँ उपत्यकामा कक्षा आठमा अध्ययनरत ३८२ विद्यार्थीको सिकाइ उपलब्धिलाई तुलनात्मक विश्लेषण गरिएको छ । साङ्ख्यिकीय विश्लेषणका लागि टी परीक्षण (t-test), वन वे एनोभा (one way ANOVA) र पोस्ट हक परीक्षण (post hock test) लाई अपनाइएको छ । यस लेखमा सञ्चारका साधनका आधारमा रेडियो र मोबाइलको प्रभाव भेटिएको छैन भने टेलिभिजन र कम्प्युटरको यथेष्ट प्रभाव भेटिएको छ । त्यस्तै गरी भाषिक पृष्ठभूमिका आधारमा विद्यार्थीको सन्दर्भगत सिकाइ उपलब्धिमा ताङ्खिवक अन्तर छ । विशेष गरी मैथिली भाषी विद्यार्थीको उपलब्धि सबैभन्दा कम छ । तुलनात्मक रुपमा हेर्दा नेपाली भाषी विद्यार्थीको सिकाइ उपलब्धि बढी देखिएको छ तथापि नेपाल भाषा मातृभाषी र तामाङ भाषी विद्यार्थीबाहेक सबै विद्यार्थीमा भाषिक पृष्ठभूमिका आधारमा भिन्नता देखिएको छ । यस अध्ययनले श्रव्यदृश्य साधन र भाषिक पृष्ठभूूमिले सन्दर्भगत बोधमा स्पष्ट भिन्नता पार्ने पुष्टि गरेको छ । यस लेखले शिक्षण सिकाइ र विद्यार्थीको भाषिक उपलब्धि पहिचानमा सव्रिmय सबै अनुसन्धानकर्ता र नीतिनिर्मातालाई सहयोग गर्ने छ । 

Abstract
14
PDF
10

Downloads

Published

2026-10-08

Issue

Section

Articles

How to Cite

Kafle, U. (2026). नेपाली भाषाको सन्दर्भगत सिकाइ उपलब्धिमा सञ्चारका साधन र भाषिक पृष्ठभूमिको प्रभाव . Education Quarterly, 6(1), 185-194. https://doi.org/10.3126/jeqtu.v6i1.100608