हृदयचन्द्रसिंह प्रधानका उपन्यासमा क्षण पहिचान र प्रयोग
Keywords:
क्षण, जीवनपद्धति, युग, मिल्यु, अनुशीलन, सतित्वAbstract
प्रस्तुत आलेख हृदयचन्द्रसिंह प्रधानका उपन्यासमा फ्रान्सेली समाजशास्त्री टेनको जाति, क्षण र प्रर्यावरणसम्बन्धी मान्यतामध्ये क्षण पहिचान र प्रयोग निरुपणमा केन्द्रित छ । यस अध्ययनको मुख्य उद्देश्य प्रधानका स्वास्नीमान्छे र एकचिहान उपन्यासमा व्यक्त प्रेरक क्षण, समग्र कालखण्ड, जीवनपद्धति तथा विचारधाराले निर्माण गरेको विशिष्ट क्षणको विश्लेषण गर्नु हो । अध्ययनका क्रममा गुणात्मक अनुसन्धान पद्धतिअन्तर्गत निगमनात्मक ढाँचामा उपन्यासका मूल पाठलाई प्राथमिक साक्ष्यका रुपमा लिई विश्लेषण गरिएको छ । प्रधानका स्वास्नीमान्छे र एकचिहान दुवै उपन्यासमा नेपालको राजनैतिक पर्यावरणको विशिष्ट क्षण सङ्केत गरिएको छ । यसरी हेर्दा २००७ साल नै उपन्यास रचनाको प्रेरक क्षण हो । उनका उपन्यासहरुमा समाजवादी यथार्थतामा वर्गीय, जातीय, क्षेत्रीय, सामाजिक, सांस्कृतिक आदि उत्पीडनका स्वरूपहरूमा प्रगतिवादी परिवर्तनको वैचारिकताले निर्माण गरेको क्षण व्यक्त छ । यसर्थ अध्ययनले प्रधानका उपन्यासहरुमा बाध्यात्मक जीवनपद्धतिका विरुद्ध उत्पीडित वर्गको प्रतिकार र रुपान्तरणको क्षणगत यथार्थलाई सशक्त रुपमा प्रस्तुत गरेको निष्कर्ष निकाल्दछ ।