लोकसाहित्यका शोधकार्यको आयाम

Authors

  • Shiva Sharan Gyanwali Saraswati Multiple Campus, Lekhnath Marg Ktm.

DOI:

https://doi.org/10.3126/jdr.v10i2.84105

Keywords:

लम्बीय, क्षितीजीय, लोकतत्त्व, आदर्श विधा, समुच्चय ।

Abstract

त्रिभुवन विश्वविद्यालय नेपाली विभागबाट स्नातकोत्तर तहमा लोकसाहित्यको शोधकार्यको आरम्भ वि. सं. २०३० का दशकमा भएको पाइन्छ । हालको नेपाली केन्द्रीय विभागबाट सुरु भएको लोकसाहित्यको उक्त शोधकार्य अहिले देशभरका २१ ओटा क्याम्पसका नेपाली विभागहरूमा विस्तार भइसकेको छ । यस्ता शोधकार्य ३ सय ४३ को सङ्ख्यामा यहाँ अध्ययन गरिएको छ । लोकसाहित्यका लोककथा, लोकगीत, लोकगाथा, लोकनाटक, गाउँखाने कथा, लोकपद्य, उखान र टुक्काजस्ता विधा उपविधामा शोधकार्य केन्द्रित रहेको पाइन्छ । शोधकार्यमा क्षेत्रकार्य क्याम्पस जुन स्थानमा छ, त्यही स्थानमा गरिएको पाइन्छ । काठमाडौँका क्याम्पसका शोधकार्यका लागि भने शोधकर्ताको पायक पर्ने उपत्यकाभन्दा बाहिरका स्थानमा क्षेत्रकार्य गरिएको पाइन्छ । शोधसमस्याका रूपमा मूलतः सङ्कलन, वर्गीकरण, विश्लेषण, अध्ययननै उल्लेख भएको पाइन्छ तर पछिल्लो चरणका शोधकार्यमा विधातत्व, लोकतत्व, तुलना, रसविधान आदि पनि लोकसाहित्यका शोधकार्यका समस्या बनेको देखिन्छ । यस्ता समस्याको सिद्धान्त खोज्नका लागि लोकसाहित्यका शोधकार्यमा सय वर्ष पुराना पुस्तकदेखि नयाँनयाँ पुस्तकको प्रयोग भएको पाइन्छ ।

Downloads

Download data is not yet available.
Abstract
30
PDF (नेपाली)
9

Author Biography

Shiva Sharan Gyanwali, Saraswati Multiple Campus, Lekhnath Marg Ktm.

Department of Nepali

Published

2025-09-05

How to Cite

Shiva Sharan Gyanwali. (2025). लोकसाहित्यका शोधकार्यको आयाम . Journal of Development Review, 10(2), 238–248. https://doi.org/10.3126/jdr.v10i2.84105

Issue

Section

Articles