सिर्जनात्मक लेखनको सैद्धान्तिक परिचय
DOI:
https://doi.org/10.3126/jdr.v10i2.84062Keywords:
सिर्जनात्मक लेखन, ज्ञानात्मक लेखन, सिर्जनात्मक विधा, विधागत अन्तरसम्बन्ध, अन्तरविधा सम्भावना ।Abstract
प्रस्तुत आलेख सिर्जनात्मक लेखनको सैद्धान्तिक परिचयमा आधारित भई तयार पारिएको प्राज्ञिक अनुसन्धान हो । यस आलेखको उद्देश्य सिर्जनात्मक लेखनको सैद्धान्तिक विमर्श गर्नु रहेको छ । यो गुणात्मक अनुसन्धान विधिमा आधारित छ । यसमा सामग्री सङ्कलनका लागि पुस्तकालय विधिको प्रयोग गरिएको छ । सिर्जनात्मक लेखन मानवीय जीवनजगत्का रागात्मक एषणाहरूको कलात्मक प्रकाशन हो । यसमा जीवनका सुन्दरतम भावहरूलाई कलात्मक भाषाशैलीका माध्यमबाट चित्रण गरिएको हुन्छ । यस्तो लेखनमा स्रष्टाले स्वभुक्त र परभुक्त जीवनजगत्बाट प्राप्त गरेका रचनात्मक अनुभव, सुमधुर स्मृति, स्वतन्त्र कल्पना तथा हार्दिक संवेदनालाई नवीनता प्रदान गर्न सुन्दर शब्द एवम् सुललित भाषाशैलीमा मौलिक ढङ्गले प्रस्तुत गरेको हुन्छ । यसमा यही सिर्जनात्मक लेखनका सैद्धान्तिक चिनारीका रूपमा सिर्जनात्ममक लेखनको परिचय, परिभाषा प्रस्तुत गरी यसको व्यावहारिक वा ज्ञानात्मक लेखनसँगको सम्बन्धलाई स्पष्ट पारिएको छ । त्यसैगरी यसमा सिर्जनात्मक लेखनका विधाहरूको परिचय प्रस्तुत गर्दै तिनका बिचको अन्तरसम्बन्धको विश्लेषण गरी ती विधाहरूको अन्तरविधागत सम्भावनाको निरूपण समेत गरी निष्कर्षमा पुगिएको छ ।