प्रतिघात उपन्यासको पात्रविधान

Authors

DOI:

https://doi.org/10.3126/jdr.v10i2.84024

Keywords:

चरित्रवान, देशप्रेमी, मानवतावादी, सङ्घर्षशील, समाजसेवी ।

Abstract

प्रस्तुत लेखमा नारद पोखरेलको प्रतिघात (वि.सं. २०७८) उपन्यासलाई पाठका रूपमा लिई त्यस उपन्यासमा प्रयुक्त पात्रहरूको व्यवस्थापनको विश्लेषण र मूल्याङ्कन गरिएको छ ।
प्रतिघात उपन्यासमा पूर्वी पहाडी सिम्पानी गाउँ आसपासको परिवेशमा हुर्कीबढेको विमलराज र उसको जीवनको आरोहअवरोहमा आइपरेका घटना, ती घटनामा सहभागी पात्रहरू, त्यहाँको परिवेश, उनीहरूको बोलीचाली, संस्कार र संस्कृति तथा उनीहरूको राजनीतिक चेतनाको उतारचढाव जस्ता विभिन्न अवस्थाको प्रस्तुति रहेको छ । प्रस्तुत उपन्यासमा उल्लिखित यिनै विषयहरूको कृतिगत गहन अध्ययन गरी पात्रविधानका आधारमा पात्रको व्यवस्थापनका विविध पक्षको विवेचना र समीक्षा गर्नु यस लेखको उद्देश्य हो । उद्देश्य परिपूर्तिका लागि भरतमुनिको प्रकृतिप्रदत्त शारीरिक अवस्थाका आधारमा पात्र पुरुष, स्त्री र नपुंसक; मोहनराज शर्माको लिङ्गका आधारमा पुरुष, स्त्री र तेस्रो लिङ्गी, कार्यका आधारमा प्रमुख, सहायक र गौण, प्रवृत्तिका आधारमा अनुकूल र प्रतिकूल, स्वभावका आधारमा गतिशील र गतिहीन, जीवनचेतनाका आधारमा व्यक्तिगत र वर्गगत, आसन्नताका आधारमा नेपथ्य र मञ्च, आबद्धताका आधारमा बद्ध र मुक्त, जीवनका आधारमा मानवीय र मानवेतर; र विष्णु न्यौपानेको लिङ्ग, कार्य, उमेर, भूमिका, चरित्र विकास, प्रवृत्ति, व्यक्तित्व, शारीरिक अवस्था, भेषभूषा, उपस्थिति, आबद्धता, वैचारिकता, विचार, आर्थिकस्तर, शिक्षा, प्रतिनिधित्व, अभिव्यक्ति, परिवेश, बसोबास, मनोविज्ञान, विषय, रोजगारी र लेखकीय विचारको प्रस्तुतिलाई पात्रविधानको सैद्धान्तिक आधार मानिएको छ । यसै सैद्धान्तिक ढाँचाका आधारमा पाठगत विश्लेषण पद्धतिअनुसार प्रस्तुत उपन्यासको अध्ययन र विश्लेषण गरिएको छ । प्रस्तुत उपन्यासमा पात्रको व्यवस्थापन समुचित सुसङ्गठन रूपमा भएको छ भन्ने निष्कर्ष प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
44
PDF (नेपाली)
18

Author Biography

Bishnu Neupane, Saraswati Multiple Campus , Lekhnath Marg Ktm.

Department of Nepali Language

Published

2025-09-05

How to Cite

Bishnu Neupane. (2025). प्रतिघात उपन्यासको पात्रविधान. Journal of Development Review, 10(2), 62–76. https://doi.org/10.3126/jdr.v10i2.84024

Issue

Section

Articles