थानेश्वर गौतमको गजल गायनमा लोक र शास्त्रीय शैलीको संयोजनको विश्लेषणात्मक अध्ययन
DOI:
https://doi.org/10.3126/jdr.v10i2.83999Keywords:
लोकसङ्गीत, शास्त्रीय सङ्गीत, गजल, स्वर संरचनाAbstract
लोक शैलीबाटै शास्त्रीय गायन शैलीको विकशित हुँदै आएको भन्ने मान्यता छ । गजल गायनमा लोक र शास्त्रीय शैलीको संयोजन एक जटिल प्रक्रिया भएता पनि यसले नेपाली गजल गायनमा पृथक रचनात्मक सुन्दरता थपेको छ । यस अध्ययनले लोक र शास्त्रीय शैलीको संयोजनको प्रभावलाई विश्लेषण गरी र थानेश्वर गौतमको गजल गायनको विशेषताहरूको खोजी गरेको छ । गौतमको प्राय गजलहरु शास्त्रीय राग भुपालीमा आधारित छ र गायनमा विवादि स्वरहरुको प्रयोगले गजल गायनमा सौन्दर्यता थपिएको छ । शास्त्रीय आलापमा नेपालको गण्डकी क्षेत्रको मिश्रीत लोक शैली र उनको स्वयम गलाको हर्कतहरु कै कारण उनको गजल गायन शैली पृथक छ । यहि पृथकताले नेपाली गजल सङ्गीतलाई एक नयाँ धार दिएको छ । गजलसँग सम्बन्धित अडियो, गायक स्यंमसँगको साक्षात्कार साथै पुस्तकालय अध्ययन कार्यबाट प्राथमिक र द्वितीयक स्रोतका आधारमा सामाग्री संकलन गरि तिनलाई आगनात्मक पद्धतिका माध्यमबाट अध्ययन विश्लेषण, तुलना र मुल्याङ्कनका साथ यो आलेख तयार गरिएको छ ।