नेपालमा जेष्ठ नागरिकको संरक्षणसम्बन्धी संवैधानिक एवं कानुनी व्यवस्था

Authors

  • शुशिला शेरचन

DOI:

https://doi.org/10.3126/jdr.v9i1.69047

Abstract

जेष्ठ नागरिकका अधिकारहरूलाई संविधानले मौलिकहकको रूपमा सुनिश्चत गरेको छ । नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक र कर्तव्य अन्तर्गत धारा ४१ मा जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यबस्था गरेको छ । जेष्ठ नागरिकसम्बन्धी ऐन २०६५ र नियामावली २०६५ पनि बनेको छ । नेपालको संविधान र अन्य कानुनी प्रावधानहरूमा जेष्ठ नागरिकको के कस्तो सामाजिक सुरक्षाको व्यवस्था गरिएको छ ? भन्ने यो लेखको मुख्य प्रश्न हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४९ मा जेष्ठ नागरिकको संरक्षणसम्बन्धी विवादमा न्यायिक समितिले उनीहरूको हितको लागि अन्तरिम संरक्षाणात्मक आदेश दिन सक्ने व्यवस्था गरिएको छ । यी संबैधानिक तथा कानुनी व्यवस्थाहरूले जेष्ठ नागरिकहरूलाई सुरक्षा, सुविधा र सम्मान प्रदान गरेको छ । जुन सकारात्मक कुरा हो । तर यी प्राबधानको राम्रोसँग कार्यान्वयन भएको अबस्था छैन । यी कानुनी व्यवस्थाहरूलाई प्रभावकारी कार्यान्वयन गर्न परिवार, समुदाय र राज्यको महŒवपूर्ण भूमिका आवश्यक रहन्छ ।

Downloads

Download data is not yet available.
Abstract
54
PDF
62

Downloads

Published

2024-08-29

How to Cite

शेरचन श. (2024). नेपालमा जेष्ठ नागरिकको संरक्षणसम्बन्धी संवैधानिक एवं कानुनी व्यवस्था. Journal of Development Review, 9(1), 151–159. https://doi.org/10.3126/jdr.v9i1.69047

Issue

Section

Articles