विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासका पात्रहरूको विचार र प्रवृत्ति

Authors

  • विष्णु न्यौपाने

DOI:

https://doi.org/10.3126/jdr.v7i1.67027

Keywords:

बौद्धिक, मानवमूल्य, नियतिवादी, सम्झौतावादी, समर्पणवादी

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा विश्वेश्वरप्रसाद कोइराला (वि.सं. १९७२—२०३९) का तीनघुम्ती, नरेन्द्रदाइ, सुम्निमा, मोदिआइन, हिटलर र यहुदी, र बाबु, आमा र छोरा गरी छओटा उपन्यासहरूलाई पाठमा रूपमा लिई ती उपन्यासहरूमा प्रयुक्त पात्रहरूको विचार र प्रवृत्तिको विश्लेषण र मूल्याङ्कन गरेर उक्त उपन्यासहरूको वैचारिकता निरूपण गरिएको छ ।
कोइरालाका उपन्यासहरूमा प्रयुक्त पात्रहरूको विचार र प्रवृत्ति स्थापित गर्नु यस लेखको उद्देश्य हो । प्रस्तुत उपन्यासहरूको विश्लेषणका निम्ति औपन्यासिक उपकरणलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी पाठगत विश्लेषण गरिएको छ । नेपाली साहित्यमा कविता, कथा, उपन्यास, जीवनी, समालोचना जस्ता क्षेत्रमा कलम चलाउने बहुमुखी साहित्य
स्रष्टा कोइरालाका उपन्यासका पात्रहरूको विचार र प्रवृत्ति फरक फरक रहेको छ । यिनका उपन्यासका पात्रहरू मानवतावादी, स्वतन्त्रतावादी, नियतिवादी, सम्झौतावादी, समर्पणवादी, पलायनवादी, बौद्धिक, विद्रोही, पौराणिक प्रवृत्तिका, पतिपरायण छन् । यिनका उपन्यासका पात्रहरू प्राचीन मूल्यमान्यताका, वर्तमान युगीन परिवेशलाई आत्मसाथ गर्ने तथा कतिपय काल्पनिक पात्रहरू पछिल्लो युगको प्रतिनिधित्व गर्ने खालका छन् भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
16
PDF
7

Downloads

Published

2022-12-31

How to Cite

न्यौपाने व. (2022). विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासका पात्रहरूको विचार र प्रवृत्ति. Journal of Development Review, 7(1), 124–135. https://doi.org/10.3126/jdr.v7i1.67027

Issue

Section

Articles