कर्णाली प्रदेशको खस मल्ल राज्यको ऐतिहासिक विवेचना

Authors

  • अच्युत अधिकारी

DOI:

https://doi.org/10.3126/jdr.v7i1.67016

Keywords:

खारी प्रदेश, खस कुरा,, नेपाल खाल्डो, सेञ्जा, आर्यतारा, लघुरत्नत्रय, मैत्रेय, नामेट

Abstract

पूर्वमध्यकालको नेपालको इतिहासमा पश्चिम नेपालको कर्णाली प्रदेशमा एउटा राज्य जन्मियो, हुर्कियो र समाप्त भयो । यतिखेर नेपालमा धेरै राज्यहरू अस्तित्वमा आईसकेका थिएनन् । त्यति टाढा जन्मिएको यो राज्यले नेपाल खाल्डोको विशाल र बलियो राज्यलाई आफू अन्तर्गत्को करहद राज्य समेत बनाउन सक्यो जुन ऐतिहासिक दृष्टिकोणले ज्यादै महत्वपूर्ण घटना हो । त्यति विकट स्थानमा रहेको एउटा सानो राज्यले नेपाल खाल्डोको जगलाई मज्जासँग हल्लाउने काम मात्रै गरेन खारी प्रदेश अथवा खसान क्षेत्रको गौरवलाई समेत पुनरभाषित र पुनर्जिवित गर्न सक्यो । पश्चिमी खस मल्ल राज्यको सबैभन्दा ठूलो र प्रमुख योगदान भाषा सम्बन्धी थियो । खस कुरा वा सिंजाली भाषालाई राजकाजको भाषा बनाएर राष्ट्र भाषा बनाउन सकेकोले गर्दा नै कालान्तरमा आएर यही भाषा नै परिमार्जित र विकासित हुँदै आज हाम्रो हातमा आउन सकेको छ । खस मल्ल राज्यको विघटन भएपछि नै बाइसी र चौबिसी राज्यहरू नेपालको सरहदमा देखा पर्न गए ? यिनै वाइसी र चौविसी राज्यमा रहेको यही भाषा पछि नेपालको एकीकरण भएपछि नेपालकै राष्ट्र भाषा वा राष्ट्रिय भाषा बन्न पुग्यो । बौद्ध धर्मको प्रवद्र्धन र संरक्षण गर्ने कुरामा समेत खस राजाहरूले आफ्नो तर्फबाट सक्दो प्रयासहरू गरेको पाइन्छ । नेपालको इतिहासमा महत्वपूर्ण विषय बनेर रहेको खस मल्ल राज्यको बारेमा पाइएका केही
तथ्यगत विषयवस्तुलाई नै यस लेखमा समेटिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
11
PDF
5

Downloads

Published

2022-12-31

How to Cite

अधिकारी अ. (2022). कर्णाली प्रदेशको खस मल्ल राज्यको ऐतिहासिक विवेचना. Journal of Development Review, 7(1), 47–57. https://doi.org/10.3126/jdr.v7i1.67016

Issue

Section

Articles