बदलिँदो राजनीति र राष्ट्रिय मुद्दाहरू

Authors

  • अश्वस्थामा भक्त खरेल

DOI:

https://doi.org/10.3126/jdr.v6i01.66944

Keywords:

पत्रकारिता, आमसञ्चारमाध्यम, राष्ट्रिय मुद्दा, समाजको ऐना, पत्रकार आचारसंहिता

Abstract

पत्रकारिता राज्य व्यवस्थाका लागि पहरेदारको विषय हो । यसमा को कति सफल र असफल भए ? पेसामा लाग्नेहरु आफैले मूल्याङ्कन गर्ने विषय हो । सफल हुनु भनेको मनग्य धनोपार्जन होइन, पत्रकारितामा निरन्तरता हो । धनोपार्जन क्षणिक हुन्छ । धनकमाउनका लागि पत्रकारितामा पसेकाहरु सफल हुन नसकेपछि पेसा परिवर्तन गर्न पुग्दछन् । तर जो मनदेखि पत्रकारिता पेसामाछिरेका हुन्छन्, उनीहरु आजीवन विद्यार्थी र यात्रीको रुपमा आफ्नो पेसामा रमाइरहेका हुन्छन् । अथक परिश्रमले नै सफलतादिन्छ । पत्रकारितामा लाग्ने पत्रकारहरु विचार पक्षमा अलग अलग धारणा भए पनि पेसागत विषयमा एक हुनुपर्दछ । पत्रकारहरुएक भएनन् भने राजनीतिक दल र सरकारले तिनीहरुलाई फुटाउँदछन् । पत्रकारहरु समाजका आँखा हुन् । आँखामा फूलो प¥योभने राम्ररी देख्न सकिंदैन । यसैले पत्रकारहरुले आँखामा फूलो पार्ने कार्य गर्नु हु“दैन । जसका कारण समाज धमिलि“दै जान्छ रराष्ट्रिय मुद्दाहरु पनि ओझेलमा पर्दछन् । पत्रकारहरु कसैको दास हुनुहु“दैन । आचारसंहिता र कानुनको पालना गर्ने उदाहरणीयकार्य पत्रकारिताले गर्न सकेको खण्डमा सबैको वाहवाही पाउने अवस्था रहन्छ ।

Downloads

Download data is not yet available.
Abstract
15
PDF
8

Downloads

Published

2021-01-30

How to Cite

खरेल अ. भ. (2021). बदलिँदो राजनीति र राष्ट्रिय मुद्दाहरू. Journal of Development Review, 6(01), 94–101. https://doi.org/10.3126/jdr.v6i01.66944

Issue

Section

Articles