सिम्रौनगढको कर्णाटक राज्य

Authors

  • अच्युत अधिकारी

DOI:

https://doi.org/10.3126/jdr.v6i01.66938

Keywords:

नेपाल मण्डल, वनदुर्ग, डोय, म्लेछ, विजिगीषु, द्रम्भ, डोयमाजु, चालुक्य, तिरहुत

Abstract

नेपालको इतिहासमा करिब २२९–३० वर्षजति लामो समय एउटा स्वतन्त्र अस्तित्व बोकेर रहेको राज्य थियो सिम्रौनगढको कर्णाटक वा तिरहुत अर्थात् डोय राज्य । पूर्वमध्यकालमा नेपाल तीन राज्यमा विभाजित थियो, काठमाडौं उपत्यकाको मल्ल राज्य, कर्णाली प्रदेशको खस राज्य र तिरहुत र सिम्रौनगढमा स्थापित कर्णाटक राज्य । प्रस्तुत लेखमा यसैमध्येको वर्तमान बारा
जिल्लास्थित तराईको फाँटमा अवस्थित एक ऐतिहासिक गढीका बारेमा सङ्क्षिप्त अध्ययन गरिएको छ । सिम्रौनढ राज्य कसरी बन्यो ? कसले बनाए ? कहाँ थियो ? र कसरी अन्त्य भयो भन्ने कुरालाई यस लेखले समेटेको छ । त्यस बेलाका शासकहरूले आफ्नो राज्यको सुरक्षा प्रणाली बलियो बनाउनका लागि र प्रतिरक्षा प्रणाली बलियो बनाउनका लागि विभिन्न किसिमका गढी र किल्लाहरू निर्माण गरेको प्रशस्तै इतिहासहरू पाइन्छ । यस्ता किल्लाहरू जङ्गलको बिच, पहाडको टुप्पो र अन्य भौगोलिक अवस्थितिहरूमा निर्माण गरिन्थे । वनभित्र बनेको गढलाई ‘वनगढ’ वा ‘वनदुर्ग’ भनिन्थ्यो । ‘सिमराको वनभित्र रहेको गढ’ अर्थात् ‘सिमरावनगढ’ हु“दै “सिम्रौनगढ” हुन पुगेको निष्कर्ष सबैजसो इतिहासकारहरूले राखेको देखिन्छ । सिम्रौनगढ वरपरको सम्पूर्ण क्षेत्र त्यतिबेला तिरहुतको नामले प्रसिद्ध थियो । तत्कालीन प्रमाणहरूमा यो क्षेत्रलाई ‘डोयराज्य’ भनिएको पाइन्छ । तिरहुतमा स्थापित कर्णाटक राज्य नान्यदेवले वि.सं. ११५४ (ई.सं. १०९७) मा स्थापना गरेका थिए । यो राज्य वि .स.१३८३ (ई.सं. १३२६) मा विघटन हुनपुग्यो । दक्षिण भारतको कर्णाटक क्षेत्रबाट आएका व्यक्ति नै नान्यदेव थिए । चालुक्यले उत्तरी भारततर्फ सीमा विस्तार गर्ने क्रममा सिम्रौनगढमा तैनाथ भएका नान्यदेवले यसै क्षेत्रलाई केन्दविन्दु र राजधानी बनाएर सिम्रौनगढ राज्य बनाएका थिए । नान्यदेवपछि क्रमशः गङ्गादेव, नरसिंहदेव, रामसिंहदेव, शक्तिसिंहदेव, भुपालसिंहदेव र हरिसिंहदेव गरी जम्मा सातजना राजा भए र अन्तिम राजा हरिसिंहदेव बन्न पुगे । हरिसिंहदेवको मृत्युपछि यो राज्यको अस्तित्व सकियो, जसलाई दिल्लीका मुसलमानी सम्राट गयासुद्दीन तुगलकले ध्वस्त बनाए । नेपालको इतिहासमा महत्वपूर्ण विषय बनेर रहेको सिम्रौनगढका बारेमा पाइएका केही तथ्यगत विषयवस्तुहरूलाई नै यस लेखमा प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
12
PDF
5

Downloads

Published

2021-01-30

How to Cite

अधिकारी अ. (2021). सिम्रौनगढको कर्णाटक राज्य. Journal of Development Review, 6(01), 86–93. https://doi.org/10.3126/jdr.v6i01.66938

Issue

Section

Articles