वीरहरू निबन्धमा पौरस्त्य दर्शन

Authors

  • Balkrishna Sharma Saraswati Multiple Campus, Tribhuvan University

DOI:

https://doi.org/10.3126/jdr.v8i1.57144

Keywords:

ईश्वर, आत्मा, स्वर्ग, कर्म, बन्धन, मुक्तिचेतना, अविद्या

Abstract

प्रस्तुत आलेख पौरस्त्य दर्शनको प्रभावका दृष्टिले वीरहरू निबन्ध शीर्षकमा केन्द्रित भई तयार पारिएको छ । यस आलेखमा पूर्वीय दर्शनमा स्थापित षड्दर्शनका मूलभूत मान्यताहरूको ‘वीरहरू’ निबन्धमा परेको प्रभाव र त्यसले प्राप्त गरेको सौन्दर्यात्मक स्वरूपको अध्ययन गरिएको छ । यसमा ‘वीरहरू’ निबन्धबाट आवश्यक साक्ष्यहरू लिई तिनका आधारमा पूर्वीय दर्शनको प्रभावलाई विश्लेषण गरिएको छ । देवकोटाको अध्ययन, पारिवारिक वातावरण र संस्कारवश यस निबन्धमा पूर्वीय दर्शनका आधारभूत प्रस्थापनाहरू प्रकट भएका छन्। उनले पूर्वीय दर्शनलाई युग, समाज र जीवनसापेक्ष ग्रहण गरी त्यसलाई मानवजीवन, धर्तीेको कल्याणको सहकारकका रूपमा प्रस्तुत गरेका छन्। वीरहरूको लोककल्याणकारी भावना, मानवसेवा र समाजसेवाको जुन चेतना छ, त्यसमा आध्यात्मिक चिन्तन प्रस्तुत भएको छ । संसारका प्राणीका लागि सत्कार्य गरेर आप्mनो जीवन अर्पण गर्ने वीरहरूमा आत्मा र ईश्वरीय सत्ताप्रति विश्वास देखिन्छ । परोपकारी र लोकहितकारी भावनाबाट प्राप्त आनन्द अनित्य र विपरिणामी भौतिक जगत्भन्दा परको अमृततत्व नै जीवनको चरम प्राप्ति हो अनि अज्ञानता, क्षणिक स्वार्थ र सांसारिक सुखभोगको अभिलाषा मुक्तिमार्गको अवरोध हो भन्ने भाव भएका वीरहरूले मायाजालबाट मुक्त भई ईश्वरीय परम पदको प्राप्तिलाई जीवनको लक्ष्य बनाएका हुन्छन् भन्ने आध्यात्मिक चिन्तन यस निबन्धमा प्रस्तुत भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
14
PDF
55

Author Biography

Balkrishna Sharma, Saraswati Multiple Campus, Tribhuvan University

Lecturer of Nepali

Downloads

Published

2023-08-01

How to Cite

Sharma, B. (2023). वीरहरू निबन्धमा पौरस्त्य दर्शन. Journal of Development Review, 8(1), 85–98. https://doi.org/10.3126/jdr.v8i1.57144

Issue

Section

Section A Literature