सामाजिक सुधारको मार्गमा एक चिहान उपन्यास {A grave novel on the road to social reform}

Authors

  • विष्णु Bishnu न्यौपाने Neupane Saraswati Multiple Campus, TU सरस्वती बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/jdr.v5i1.51439

Keywords:

रीतिरिवाज, बज्रपात, जनजीविका, गुठियार, अन्तर्जातीय विवाह, Natarjatiya bibaha, Guthiyar, Bajrapat, Ritiriwaj

Abstract

सामाजिक सुधारको मार्गमा एक चिहान उपन्यास शीर्षकको प्रस्तुत आलेखमा उपन्यासकार ह्दयचन्द्रसिंह प्रधानद्वारा लिखित‘एक चिहान’ उपन्यासमा व्यक्त भएको सामाजिक सुधारका मार्गहरूको अध्ययन, विश्लेषण र निष्कर्ष प्रस्तुत गरिएको छ । वि.सं. २०११ साल आसपासको नेपाली सामाजिक जीवनको सन्दर्भ उपन्यासमा प्रस्तुत गरिएको छ । वि.सं. २००७ सालको राजनीतिक परिवर्तनपछि आमजनमानसमा चेतनाको अभिवृद्धि भए पनि शोषक, सामन्त र षडयन्त्रकारीहरूको भने दबदबा नै रहेकाले सर्वसाधारणले दुःख पाइरहेकै अवस्था थियो । सर्वसाधारणहरूमा यी दुःख र सास्तीबाट मुक्ति प्राप्त गर्ने तीव्र चाहना रहेको थियो । विद्यमान समाजमा जरा गाडेर रहेका कुसंस्कार, कुप्रवृत्तिको बिस्तारै भण्डाफोर हुँदै गएको तथा आमजनमानसमा तिनै खराब प्रवृत्ति, सामाजिक चालचलन, मानवीय प्रवृत्तिमा परिवर्तनको चाहना रहेको थियो भन्ने विषय विवेच्य उपन्यासमा व्यक्त भएको छ । प्रस्तुत कृतिपरक अनुसन्धानमूलक लेखमा सामाजिक सुधारका विविध पक्षहरूमध्ये सामाजिक, आर्थिक र सांस्कृतिक सन्दर्भहरू कृतिगत तथ्य र साक्ष्यका आधारमा विषयको विवेचना गरिएको छ । गुणात्मक अनुसन्धान ढांचामा आधारित प्रस्तुत लेखमा पुस्तकालय कार्यका आधारमा प्राथमिक र द्वितीयक स्रोत सामग्रीको सङ्कलन, अध्ययन, विश्लेषण गरी निष्कर्षीकरण गरिएको छ । ‘एक चिहान’ उपन्यासमा प्रस्तुत विविध विषयहरूमध्ये सामाजिक,आर्थिक र सांस्कृतिक पक्षको मात्र विवेचना गरिनु यस लेखको सीमा हो । प्रस्तुत कृतिले समाजमा जरा गाडेर बसेका रूढिवादी मूल्यमान्यतामा परिवर्तन वा सुधार गर्ने अपेक्षा राखेको छ । उपन्यासमा प्रस्तुत तिनै सन्दर्भमार्फत् सामाजिक मूल्य तथा मान्यताप्रति आममानिसहरूलाई सचेत, जागरुक गराउनु यस लेखको निष्कर्ष हो ।

Downloads

Download data is not yet available.
Abstract
44
PDF
34

Downloads

Published

2020-12-31

How to Cite

न्यौपाने Neupane व. B. (2020). सामाजिक सुधारको मार्गमा एक चिहान उपन्यास {A grave novel on the road to social reform}. Journal of Development Review, 5(1), 170–180. https://doi.org/10.3126/jdr.v5i1.51439

Issue

Section

Articles