नेपालमा व्याकरण परम्परा र बझाङी व्याकरण

Authors

  • Bishnu Bahadur Kathayat Durgalaxmi Multiple Campus, FWU

DOI:

https://doi.org/10.3126/jdl.v4i1.88048

Keywords:

बझाङी भाषिक संरचना, व्याकरणिक इतिहास, ध्वनी-रूप विश्लेषण, वाक्य संरचना, क्षेत्रीय भाषाशास्त्र, भाषिक विविधता

Abstract

यस अध्ययनको मुख्य उद्देश्य नेपालमा व्याकरण लेखनको ऐतिहासिक विकासको समिक्षा गर्दै बझाङी भाषाको व्याकरणिक संरचनालाई वैज्ञानिक रूपमा तिश्लेषण गर्ने रहेको छ। एटनको Grammar of the Nepali Language (१८२०) बाट प्रारम्भ भएको नेपाली व्याकरण परम्परा विदेशी विद्वानका प्रारम्भिक प्रयत्नहरु देखि जयपृथ्वी बहादुर सिंह, हेमराज पण्डित, विश्वमणि दीक्षित, रामराज पन्त, मोहनराज शर्मा, हेमाङ्गराज अधिकारी र माधवप्रसाद पोखरेलजस्ता राष्ट्रीय विद्वानहरूको योगदान मार्फत  कसरी विकसित हुदै आएको छ भन्ने पक्षलाई इतिहासपरक तथा पाठ-तिश्लेषणात्मक विधिबाट समीक्षा गरिएको छ। साथै नेपाल बहुभाषिक राष्ट्र भएकाले बझाङी भाषालाई डोटेली/कुमाउनी भाषिक परिवारसँग सम्बन्धित क्षेत्रीय भाषाको रूपमा लिई यसको ध्वनि, रूप, वाक्य संरचना र शब्दावलीका मौलिक विशेषताहरूलाई वर्णनात्मक तथा तुलनात्मक भाषाशास्त्रीय विधि प्रयोग गरी विश्लेषित गरिएको छ । अध्ययनबाट नेपाली व्याकरण लेखनको परम्परा निरन्तर समृद्द हुँदै आएको र बझाङी भाषाजस्ता  क्षेत्रीय भाषाको व्याकरणात्मक  विश्लेषणले नेपाली भाषिक विविधता तथा संरचनात्मक विशेषताको वैज्ञानिक पहिचानमा महत्वपूर्ण योगदान पु-याउने निष्कर्ष प्राप्त भएको छ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
0

Author Biography

Bishnu Bahadur Kathayat, Durgalaxmi Multiple Campus, FWU

Associate Professor

Published

2025-12-31

How to Cite

Kathayat, B. B. (2025). नेपालमा व्याकरण परम्परा र बझाङी व्याकरण. Journal of Durgalaxmi, 4(1), 373–387. https://doi.org/10.3126/jdl.v4i1.88048

Issue

Section

Articles