दार्चुलेली गालीको सम्पादनात्मक प्रक्रियाको वर्गीकरण र विश्लेषण

Authors

  • Basudev Bist कैलाली बहुमुखी क्याम्पस, धनगढी, कैलाली

DOI:

https://doi.org/10.3126/jdl.v4i1.88047

Keywords:

आवेश, गालीदिन्यावालो, गालिदिन्यावाली, शमन, कथन

Abstract

आवेशमय भाषिक अभिव्यक्तिलाई गाली भनिन्छ। गालीले कुनै किसिमको नोक्सान नगर्ने भए पनि मानिसले गालीलाई सहन गर्न सक्दैनन्। प्रस्तुत अध्ययन दार्चुलेली गालीको सम्पादनात्मक प्रक्रियाको विश्लेषणमा केन्द्रित रहेको छ । दार्चुलेली गालीको स्वरूप, संरचना र विषयवस्तुका आधारमा गालीको सङ्कलन गरी सम्पादनात्मक प्रक्रियाको विश्लेषण गर्नु अनुसन्धानको उद्देश्य रहेको छ। यस अनुसन्धानलाई व्यवस्थित बनाउन गचणात्मक ढााँचामा रही क्षेत्रीय अध्ययन विधिबाट प्राप्त तथ्याङ्कको बर्णन र विश्लेषणबाट निष्कर्षमा पुग्ने काम गरिएको छ ।प्रस्तुत अध्ययनमा दार्चुलेली गालीलाई सोद्देश्यमूक नमचना छनोट पद्दतिका आधारमा गालीको सङ्कलन गरी अध्ययन गरिएको छ। दार्चुलेली लोक भाषामा ‘गाली गर्नु’ लाई ‘गाली दिनु’ भनिन्छ।यहि ‘गाली’ मूल शब्दमा पुरुषलाई बुझाउाँदा ‘अक’ र महिलालाई बुझाउाँदा ‘इका’ प्रत्यय जोडेर गालक र गालीका शब्दहरू निर्माण भएका पाइन्छन् । लोकगीत गाउनेलाई ‘गायक’ ‘गायिका’, भारत गाउनेलाई 'भर्त्या’, फाग गाउनेलाई ‘फगारी’, सगुन गाउनेलाई ‘सगुन्यारी’ भनिएजस्तै गाली गर्ने पुरुषलाई ‘गालक’ र गाली गर्ने महिलालाई ‘गालीका’ भन्न सकिने अवस्था रहनुका साथै लोकव्यवहारमा गालिदीन्यावालो, गालिदीन्यावाली भनेर सम्बोधन गर्ने गरेको पाइन्छ । दार्चुलेली गालीमा श्लील र अश्लील, पारिवारिक सम्बन्ध, यौनिक र शारीरिक सम्बन्ध, जातीय वा वर्गीय रूपमा, सामाजिक आचरण वा व्यवहारजन्य आधारमा, पशुपछी, प्रकृति, धर्म, संस्कार र अन्य आधारमा गालीको प्रयोग समाजमा हुने गरेको पाइन्छ ।दार्चुलेली समाज धर्मकर्ममा विश्वास गर्ने भएकाले गालीमा पनि धार्मिक भावनाले प्रविष्टि पाएको देखिन्छ। यी गालीहरूले मानिसको जीवनपद्दति र धार्मिक आस्था, विश्वाससाँगका मूल्य मान्यताहरूको अभिव्यक्ति दिएको पाइन्छ ।स्थानीय धार्मिक अनुशासन, सामाजिक नियम, संस्कार अनुसार जीवन विताउने अपेक्षा र त्यसको उलङ्घन गरे सामाजिक प्रतिघात समेत झेल्नु परेको देखिन्छ। समय, ऐतिहासिक परम्परा, बैाँस आदि अवस्थाका सन्दर्भलाई इंगित गरी गाली सिर्जना भएको पाइन्छ । गाली समाजमा प्रयोग हुन्छन् । गालीले नकारात्मक वा आपत्तिजजनक अभिव्यक्ति मात्र नभएर सामाजिक, जातीय, लिङ्गीय, पारिवारिक प्रतिविम्व समेत प्रस्तुत गरेको पाइन्छ।

 

Downloads

Download data is not yet available.
Abstract
23
PDF (Nepali)
46

Downloads

Published

2025-12-31

How to Cite

Bist, B. (2025). दार्चुलेली गालीको सम्पादनात्मक प्रक्रियाको वर्गीकरण र विश्लेषण . Journal of Durgalaxmi, 4(1), 351–372. https://doi.org/10.3126/jdl.v4i1.88047

Issue

Section

Articles