दार्चुलेली गालीको सम्पादनात्मक प्रक्रियाको वर्गीकरण र विश्लेषण

Authors

  • Basudev Bist कैलाली बहुमुखी क्याम्पस, धनगढी, कैलाली

DOI:

https://doi.org/10.3126/jdl.v4i1.88047

Keywords:

आवेश, गालीदिन्यावालो, गालिदिन्यावाली, शमन, कथन

Abstract

आवेशमय भाषिक अभिव्यक्तिलाई गाली भनिन्छ। गालीले कुनै किसिमको नोक्सान नगर्ने भए पनि मानिसले गालीलाई सहन गर्न सक्दैनन्। प्रस्तुत अध्ययन दार्चुलेली गालीको सम्पादनात्मक प्रक्रियाको विश्लेषणमा केन्द्रित रहेको छ । दार्चुलेली गालीको स्वरूप, संरचना र विषयवस्तुका आधारमा गालीको सङ्कलन गरी सम्पादनात्मक प्रक्रियाको विश्लेषण गर्नु अनुसन्धानको उद्देश्य रहेको छ। यस अनुसन्धानलाई व्यवस्थित बनाउन गचणात्मक ढााँचामा रही क्षेत्रीय अध्ययन विधिबाट प्राप्त तथ्याङ्कको बर्णन र विश्लेषणबाट निष्कर्षमा पुग्ने काम गरिएको छ ।प्रस्तुत अध्ययनमा दार्चुलेली गालीलाई सोद्देश्यमूक नमचना छनोट पद्दतिका आधारमा गालीको सङ्कलन गरी अध्ययन गरिएको छ। दार्चुलेली लोक भाषामा ‘गाली गर्नु’ लाई ‘गाली दिनु’ भनिन्छ।यहि ‘गाली’ मूल शब्दमा पुरुषलाई बुझाउाँदा ‘अक’ र महिलालाई बुझाउाँदा ‘इका’ प्रत्यय जोडेर गालक र गालीका शब्दहरू निर्माण भएका पाइन्छन् । लोकगीत गाउनेलाई ‘गायक’ ‘गायिका’, भारत गाउनेलाई 'भर्त्या’, फाग गाउनेलाई ‘फगारी’, सगुन गाउनेलाई ‘सगुन्यारी’ भनिएजस्तै गाली गर्ने पुरुषलाई ‘गालक’ र गाली गर्ने महिलालाई ‘गालीका’ भन्न सकिने अवस्था रहनुका साथै लोकव्यवहारमा गालिदीन्यावालो, गालिदीन्यावाली भनेर सम्बोधन गर्ने गरेको पाइन्छ । दार्चुलेली गालीमा श्लील र अश्लील, पारिवारिक सम्बन्ध, यौनिक र शारीरिक सम्बन्ध, जातीय वा वर्गीय रूपमा, सामाजिक आचरण वा व्यवहारजन्य आधारमा, पशुपछी, प्रकृति, धर्म, संस्कार र अन्य आधारमा गालीको प्रयोग समाजमा हुने गरेको पाइन्छ ।दार्चुलेली समाज धर्मकर्ममा विश्वास गर्ने भएकाले गालीमा पनि धार्मिक भावनाले प्रविष्टि पाएको देखिन्छ। यी गालीहरूले मानिसको जीवनपद्दति र धार्मिक आस्था, विश्वाससाँगका मूल्य मान्यताहरूको अभिव्यक्ति दिएको पाइन्छ ।स्थानीय धार्मिक अनुशासन, सामाजिक नियम, संस्कार अनुसार जीवन विताउने अपेक्षा र त्यसको उलङ्घन गरे सामाजिक प्रतिघात समेत झेल्नु परेको देखिन्छ। समय, ऐतिहासिक परम्परा, बैाँस आदि अवस्थाका सन्दर्भलाई इंगित गरी गाली सिर्जना भएको पाइन्छ । गाली समाजमा प्रयोग हुन्छन् । गालीले नकारात्मक वा आपत्तिजजनक अभिव्यक्ति मात्र नभएर सामाजिक, जातीय, लिङ्गीय, पारिवारिक प्रतिविम्व समेत प्रस्तुत गरेको पाइन्छ।

 

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
0

Published

2025-12-31

How to Cite

Bist, B. (2025). दार्चुलेली गालीको सम्पादनात्मक प्रक्रियाको वर्गीकरण र विश्लेषण . Journal of Durgalaxmi, 4(1), 351–372. https://doi.org/10.3126/jdl.v4i1.88047

Issue

Section

Articles