नेपाल भारत सीमावर्ती व्याँसी सौका सामाजिक संगठन र संस्कृति
DOI:
https://doi.org/10.3126/jdl.v3i1.73869Keywords:
बडा, धलाङ, गवला, किर्जे, बुढानी पुजा, दज्याAbstract
नेपाल भारत सिमानाको वारिपारि वस्ने व्यासी सौका समुदायको समाज र सस्कृति समान रहेको छ । दुवै देशको वारीपारी बस्ने समाजिक र सास्कृतिक सम्वन्धद्धारा वाधिएका छन । नेपालको सुदूरपश्चिम प्रदेको हिमाली जिल्ला दार्चुला र भारतको उत्तराखण्डको पिथौरागढ जिल्लाको धार्चुलामा वसोवास गर्ने व्यासी सौका समुदायको अध्ययन गरीएको छ । यस अध्यनको उद्देश्य सौका समुदायको सामाजिक संगठन, धर्म संस्कार, चाँडपर्व र पुजा संस्कृतिको अध्ययन गर्नु रहेको छ । यो अध्ययन व्याँस उपत्यकामा वसोवास गर्ने सौका समुदायको स्थलगत अध्ययन, अवलोकन र गहिरो अन्तर्वातावाट गुणात्मक तथ्यहरू संकलन गरी व्याख्या विशलेषण गरीएको छ । नेपाल र भारत दुवै देशमा वसोवास गर्ने सौका जातीका जानकार व्यक्तिलाई मुख्य सुचनादाताको रूपमा लिएर अध्ययन गरिएको छ । यो अध्ययनवाट सौका समुदायका समाजीक संगठनमा बडा, ढक्पा, ल्हेवा, ललेवा र लामा रहेका छन । व्यासी सौका समुदायको वसोवास, नाम, धर्म र सामाजिक मुल्य मान्यता मौलिक प्रकारको रहेका छन । सिमाना वारिपारिको समाजिक मुल्यमान्यता देवता पुजन, चाँडपर्व संस्कृतिमा समानता रहको छ । व्यासी सौका समुदायको प्रमुख चाडपर्व र प्रमुख देवतामा, व्यास श्रmृषि, र चाँडपर्वमा गवला, पितर पुजन, किर्जे पर्व, रहेका छन । सिमानाको वारीपारि वसोवास गर्ने व्यासी सौका सामाजिक, आर्थीक, सास्कृतिक क्रियाकलापहरू अदान प्रदानको लागी मानिसहरू सिमापार गरेर सहभागी हुन्छन ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
CC BY-NC: This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.