इन्द्रबहादुर राईको ‘कठपुतलीको मन’ कथामा उत्तरआधुनिकता

Authors

  • हेमा Hema जोशी Joshi विद्यावारिधि शोधार्थी, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल

DOI:

https://doi.org/10.3126/jdl.v2i1.65419

Keywords:

उत्तरआधुनिकता, विधाभञ्जन, द्विचरविरोध, विधामिश्रण, विशृङ्खलित

Abstract

प्रस्तुत लेखमा ’कठतुतलीको मन कथामा’ उत्तरआधुनिकता को अध्ययन विश्लेषण गरिएको छ । यसका लागि दस्तावेज विश्लेषण विधिबाट प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरुको सङ्कलन, गुणात्मक ढाँचामा आधारित रहेर अध्ययन र विश्लेषण गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । उत्तरआधुनिकताले आधुनिकताको मौलिक स्वरूप वा निर्माणका व्यतिरेकमा विनिर्माण वा विनिर्मिततालाई आत्मसात् गर्छ । उत्तरआधुनिकतावादले आधुनिकताको क्रमिक स्वरूपका व्यतिरेकमा व्यतिक्रमिक वा विशृङ्खलित पठनमा विश्वास राख्दछ । कुनै पाठको शृङ्खलित वा क्रमिक पठन हुन्छ भन्ने कुरामा उत्तरआधुनिकवादले अविश्वास जनाउँछ । नेपाली साहित्यमा विनिर्माणवादको प्रयोग इन्द्रबहादुर राईको कठपुतलीको मन कथा सङ्ग्रहमा पहिलोपल्ट भएको हो । उत्तरआधुनिकताका कोणबाट कथालाई सूक्ष्म विश्लेषण गरिएको छ । कथामा मूल प्रवत्तिका रुपमा उत्तरआधुनिकताभित्र द्विचरविरोधको अस्वीकार, अर्थको बहुलता, विधाभञ्जन को प्रयोग कसरी गरेको छ भन्ने कुरालाई देखाइएको छ । प्रस्तुत कथामा मूल प्रवृत्तिका रुपमा रहेको उत्तरआधुनिकताका मान्यताहरू कथामा कसरी अभिव्यञ्जित भएर आएका छन् । इन्द्रबहादुर राईद्वारा लिखित कठपुतलीको मन कथालाई उत्तरआधुनिकका कोणबाट अध्ययन विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
36
PDF
29

Downloads

Published

2023-12-31

How to Cite

जोशी Joshi ह. H. (2023). इन्द्रबहादुर राईको ‘कठपुतलीको मन’ कथामा उत्तरआधुनिकता. Journal of Durgalaxmi, 2(1), 205–216. https://doi.org/10.3126/jdl.v2i1.65419

Issue

Section

Articles