बेन्जु शर्माको ‘लोहारपट्टीवाली’ कथामा लैङ्गिकता

Authors

  • सरिता Sarita ताम्राकार Tamrakar विद्यावारिधि शोधार्थी, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल

DOI:

https://doi.org/10.3126/jdl.v2i1.65417

Keywords:

लैंङ्गिकता, पितृसत्ता, श्रीपेच, कहालीलाग्दो, प्रतिघात, महाराजजी

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख बेन्जु शर्माद्वारा लेखिएको ‘लोहारपट्टीवाली’ कथामा नारीमाथि गरिएको विभेदात्मक व्यवहार लैंङ्गिकताको आधारमा विश्लेषण गरिएको छ । उक्त लेखमा वर्णनात्मक र विश्लेषणात्मक ढाँचाको प्रयोग गरिएको छ । यसमा नारीवाद अन्तर्गत लैङ्गिकताको सिद्धान्तमा आधारित रहेर कथालाई लैंङ्गिकताको दृष्टिकोणले विश्लेषण गरिएको छ । लैंङ्गिकताको दृष्टिकोणलाई मूल विषय बनाएर प्रस्तुत गरिएको कथामा महिला र पुरुषलाई जैविक रुपमा नभई हाम्रो समाजमा महिलाले महिला भएकै कारणले गर्नुपर्ने कामहरुलाई सामाजिक संरचनाद्वारा छुट्टयाएको छ । महिलामाथि गरिने अभद्र व्यवहारको वास्तविक चित्रण गरिएको छ । यस अध्ययनको आधारभूत वा प्राथमिक सामग्रीका रूपमा बेन्जु शर्माको लोहारपट्टीवाली कथा समकालिक कथासंग्रहलाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा पर्याधार र विश्लेषणका लागि लैंङ्गिकता सिद्धान्त सम्बन्धी विभिन्न लेखकद्वारा लेखिएका पुस्तक र लेखरचनालाई उपयोगमा ल्याइएको छ । लोहारपट्टी कथामा सङ्कलन गरिएको सामग्रीको विश्लेषणका लागि मूलतः वर्णनात्मक र पाठविश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । सङ्कलित सामग्रीहरूबाट प्राप्त तथ्यहरूको विश्लेषण गरी निष्कर्षसम्म पुग्न सहजताका लागि निगमन विधिबाट सामग्रीको व्यवस्थापन गर्दै विश्लेषण विधिको प्रयोग गरिएको छ । प्रस्तुत कथामा पितृसतात्मक सोचको कारण नारीहरूमाथि गरिएको दमन , अन्याय ,अत्याचार ,समाजमा पुरुषले जमाएको पुरुषप्रभुत्वको कारणले महिलामाथि गरेको थिचोमिचोले गर्दा सृजना भएको दयनीय स्थितिलाई देखाइएको छ । पुरुषको दासत्वबाट जीवन गुजार्नु पर्ने बाध्यात्मकता र नारीलाई गरेको शोषणमाथि आधारित भएर लोहापट्टीवाली कथामा लैङ्गिकता शीर्षकमा आधारित भई प्रस्तुत लेख तयार गएिको छ । अतः प्रस्तुत कथा लैंङ्गिकतामा आधारित उत्कृष्ट कथाका रुपमा लिन सकिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
28
PDF
21

Downloads

Published

2023-12-31

How to Cite

ताम्राकार Tamrakar स. S. (2023). बेन्जु शर्माको ‘लोहारपट्टीवाली’ कथामा लैङ्गिकता . Journal of Durgalaxmi, 2(1), 192–204. https://doi.org/10.3126/jdl.v2i1.65417

Issue

Section

Articles