‘सेतीको सुस्केरा’ कथामा सीमान्तीयता

Authors

  • प्रकाशचन्द्र Prakashchandra बडू Badu केन्द्रीय क्याम्पस, सुदूरपश्चिम विश्वविद्यालय, महेन्द्रनगर, नेपाल

DOI:

https://doi.org/10.3126/jdl.v2i1.65416

Keywords:

सीमान्तकृत, प्रतिरोध, पितृसत्ता, सबाल्टर्न, अवरजन, पराधीन

Abstract

यस लेखको मुख्य उद्देश्य ‘सेतीको सुस्केरा’ कथामा सीमान्तीय स्थितिको पहिचान र विश्लेषण गर्नु हो । यस लेखमा कथाकी प्रमुख पात्र सेतीको वर्गीय, जातीय र लैङ्गिक सीमान्तीय स्थितिको खोजी गरिएको छ । प्रस्तुत आलेखमा सामग्री सङ्कलनका लागि पुस्तकालयीय कार्य र तथ्यको प्रस्तुतीकरणका लागि वर्णनात्मक विधिको प्रयोग गरिएको छ । समाजमा वर्ग, जाति, लिङ्ग आदिका आधारमा आवाजविहीन, पहिचानविहीन, पहुँचविहीन तथा सामथ्र्यहीन बनाइएका व्यक्तिहरू सीमान्तकृत वर्गमा पर्दछन् । यस कथाकी प्रमुख नारी पात्र सेती उच्च वर्गको शोषणबाट सीमान्तकृत बन्न पुगेकी छिन् । उच्च जाति मानिनेहरूबाट तिरस्कृत र बहिष्कृत बन्न पुगेकी उनलाई कथित माथिल्लो जातिका व्यक्तिहरूबाट पटक पटक शोषणको सिकार बन्नु परेको छ । त्यसै गरी पितृसत्तात्मक सामाजिक संस्कृतिले शासित र शोषित बनाएको छ । पुरूषवादी वर्चश्वको दमनबाट प्रताडित र आश्रयहीन बन्नु पर्दा उसले पुरूषको साथ खोज्नुपरेको देखिन्छ भने तिनै पुरूषबाट पुनः आश्रयहीन बन्न बाध्य भएकी छ । प्रस्तुत आलेखमा सेतीको सुस्केरा कथामा परम्परागत वर्गीय, जातीय र लैङ्गिक विभेदका कारण पात्रहरूले सीमान्तकृत बन्नु परेको निष्कर्ष प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
22
PDF
10

Downloads

Published

2023-12-31

How to Cite

बडू Badu प. P. (2023). ‘सेतीको सुस्केरा’ कथामा सीमान्तीयता. Journal of Durgalaxmi, 2(1), 150–160. https://doi.org/10.3126/jdl.v2i1.65416

Issue

Section

Articles