'मेरो चोक' कविताका तत्व

Authors

  • भुवेश्वरी Bhuweshwari बडू Badu केन्द्रीय क्याम्पस, सुदूरपश्चिम विश्वविद्यालय, महेन्द्रनगर, नेपाल

DOI:

https://doi.org/10.3126/jdl.v2i1.65414

Keywords:

उन्नत, असीम, उपियाँ, पुर्पुरो, लयात्मक

Abstract

प्रस्तुत लेखमा ‘मेरो चोक’ कविताका संरचक घटकहरूको अध्ययन विश्लेषण गरिएको छ । गुणात्मक ढाँचामा संरचित यस अध्ययनमा विषयवस्तुको सङ्कलन पुस्तकालयीय कार्य र विषयवस्तुको विश्लेषण वर्णनात्मक विधिबाट गरिएको छ । यस अध्ययनमा भूपी शेरचनद्वारा लिखित ‘मेरो चोक’ कवितालाई कविताका संरचक घटकहरूका आधारमा अध्ययन विश्लेषण गरिएको छ । यस लेखमा कविताका सबै संरचक घटकहरू नभई यहाँ प्रस्तुत कविताको विषयवस्तु र भाषाशैलीय विन्यासको मात्र अध्ययन विश्लेषण गरिएको छ । ‘मेरो चोक’ कविता कवि भूपी शेरचनको ‘धुम्ने मेचमाथि अन्धो मान्छे’ (२०२६) कविता सङग्रहमा राखिएको उत्कृष्ट कविता हो । सर्वप्रथम २०११ सालमा नयाँ झ्याउरेका माध्यमबाट एकैचोटि पुस्तकार कृति ल्याएर नेपाली कविताका फाँटमा देखा परेका कवि भूपी शेरचनले यस ‘मेरो चोक’ कवितामा साँघुरो गल्लीमा अव्यवस्थित चोक रहेको र त्यहाँ रोग, भोग र शोक व्याप्त रहेको कुरा उल्लेख गरेका छन् । म, मानिस र देवता गरी तीन थरी सहभागीको प्रयोग गरिएको यस कवितामा वर्णित चोकलाई ‘मेरो चोक’ भन्ने ‘म’ पात्र यस कविताको समख्याता वक्ता एवम् यस कविताका मानिस र देवता दुवै प्रमुख सहभागीका रूपमा आएका छन् । कवि भूपी शेरचनद्वारा लिखित ‘मेरो चोक’ कविताका संरचक घटक अन्तर्गत विषयवस्तु र भाषाशैलीय विन्यासलाई मात्र अध्ययन विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
45
PDF
23

Downloads

Published

2023-12-31

How to Cite

बडू Badu भ. B. (2023). ’मेरो चोक’ कविताका तत्व . Journal of Durgalaxmi, 2(1), 181–191. https://doi.org/10.3126/jdl.v2i1.65414

Issue

Section

Articles