विश्वमा शैक्षिक रेडियो प्रसारणको अभ्यास सम्बन्धी विवेचना

Authors

  • भुवन Bhuwan भण्डारी Bhandari कैलाली बहुमुखी क्याम्पस, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल

DOI:

https://doi.org/10.3126/jdl.v2i1.65411

Keywords:

स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तरास्ट्रियकरण, कलेज रेडियो, किलोवाट, एएम/एफएम, ईजाजतपत्र, पुस्तान्तरण

Abstract

रेडियो प्रसारण हरेक देशको सर्वाधिक पहुँचयोग्य र सर्वशुलभ प्रविधिको सवाल हो । रेडियोले हरेक किसिमका सवाललाई स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रियकरण गर्नमा प्रमुख भूमिका निर्वाह गर्दै आएको छ । अझ शैक्षिक प्रसारणहरूले विश्वविद्यालयका अन्तर्निहित ज्ञान, विज्ञान, विवेक तथा शैक्षिक चेतनाको दायरालाई मुखरित गर्ने कार्य समेत गर्दछ । दक्षिण एसियाका भारत, बंगलादेश र नेपालका विश्वविद्यालयले एफएम प्रविधिमा सरकारबाट प्रसारण इजाजतपत्र प्राप्त गरेर १००वाटदेखि ५००वाट प्रसारण क्षमताका एएम/एफएम शैक्षिक रेडियोको सञ्चालन तथा व्यवस्थापन गरिरहेका छन् । सरकारको सम्बन्धित निकायबाट सामुदायिक गैर–मुनाफामुखी प्रकृतिको प्रसारण इजाजतपत्र प्राप्त शैक्षिक रेडियोका विभिन्न स्वरूप तथा संरचनामा कलेज रेडियो, विश्वविद्यालय रेडियो तथा विद्यार्थी रेडियोका रूपमा सञ्चालन र ब्यवस्थापन भइरहेका छन् । कलेज रेडियो पत्रकारिताले दिगो विकासमा सहयोग पु¥याउनुका साथै शैक्षिक जागरण ल्याउनमा, अनौपचारिक शिक्षाको जग सुनिश्चित गर्नमा, मौलिक लोकपरम्परा, संस्कार र संस्कृति जगेर्ना गर्न तथा सामाजिक मूल्य–मान्यतालाई पुस्तान्तरण गर्नमा समेत अहम् भूमिका खेलेको हुन्छ ।

Downloads

Download data is not yet available.
Abstract
25
PDF
9

Downloads

Published

2023-12-31

How to Cite

भण्डारी Bhandari भ. B. (2023). विश्वमा शैक्षिक रेडियो प्रसारणको अभ्यास सम्बन्धी विवेचना . Journal of Durgalaxmi, 2(1), 161–180. https://doi.org/10.3126/jdl.v2i1.65411

Issue

Section

Articles