‘छाउघर’ उपन्यासमा लैङ्गिक विभेद {Gender differences in the novel 'Chaughar'}

Authors

  • तुलसी Tulasi शर्मा Sharma सुदूरपश्चिम विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/jdl.v1i1.57258

Keywords:

छाउपडी, पितृसत्ता, महिला हिंसा, छाउ, देवता, रजस्वला, यौनोच्छेदन

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा राज सरगमद्धारा लिखित ‘छाउघर’ उपन्यासलाई लैङ्गिक विभेदका आधारमा विश्लेषण गरिएको छ । यस लेखमा वर्णनात्मक र विश्लेषणात्मक ढाँचाको प्रयोग गरिएको छ । यसमा लैङ्गिक विभेदको परिचय दिनुका साथै नेपाली समाजमा नारीले भोग्नु परेका महिलाहिंसा र उनीहरुले गरेको पितृसत्ताको विरोधलाई देखाएको छ । प्रस्तुत लेखको सामग्री वा तथ्याङ्क सङ्कलन पुस्तकालयको प्रयोगबाट गरिएका छ । १२ वर्षको उमेरमा रजस्वला (छाउ) भएकी कलाले छाउघरमा भागरथीको सर्पले डसेर मृत्यु भएको, मंगलीको गाउँकै पुरुषद्धारा बलत्कार भएको, रुपाले छाउघरमै बच्चा पाएको देखेकी छ । त्यही उसले बाजेको देउता र नेपाली समाजका कुप्रथा, कुरीति, अन्धविश्वास र कुपरम्परालाई पनि चिनेकी छ । छाउ हुनुको पौराणिक र वैज्ञानिक आधार जानेकी उसले परम्परा र परिवारसँग विद्रोह गरेको देखिन्छ । छाउघर उपन्यासमा नारीले भोग्नु परेका लैङ्गिक हिंसालाई देखाइएको छ भने नारीलाई दमन, शोषण, कुप्रथा र कुपरम्परामा दबाइ असुरक्षित र दुःखद जीवन बाँच्न बाध्य पारिएकोले पितृसत्ताको विरोध गरिएको छ । यसरी लैङ्गिक विभेदका आधारमा ‘छाउघर’ उपन्यास सबल र सफल छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
27
PDF
16

Author Biography

तुलसी Tulasi शर्मा Sharma, सुदूरपश्चिम विश्वविद्यालय

एम.फिल शोधार्थी

Downloads

Published

2022-05-01

How to Cite

शर्मा Sharma त. T. (2022). ‘छाउघर’ उपन्यासमा लैङ्गिक विभेद {Gender differences in the novel ’Chaughar’}. Journal of Durgalaxmi, 1(1), 200–207. https://doi.org/10.3126/jdl.v1i1.57258

Issue

Section

Articles