डडेल्धुरेली भाषाको वाक्य व्यवस्था {Sentence structure of Dadeldhureli language}

Authors

  • मोहनप्रसाद Mohanprasad भट्ट Bhatta नेपाली शिक्षा विषय, डडेल्धुरा बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/jdl.v1i1.57169

Keywords:

भाषिक संरचना, डडेल्धुरेली, भुतिउँ

Abstract

डडेल्धुरेली भाषामा वाक्यको बाह्य संरचनाका आधारमा उद्देश्य–विधेय, उद्देश्य–प्रत्यक्ष कर्म–विधेय,उद्देश्य–पूरक–विधेय, उद्देश्य–अप्रत्यक्ष कर्म–प्रत्यक्ष कर्म–विधेय, उद्देश्य–प्रत्यक्ष कर्म–पूरक–विधेय गरी पाँच प्रकारका आधारभूत वाक्य ढाँचा पाइन्छन् । यस्तो वाक्य ढाँचा डडेल्धुरेली भाषाको व्याकरणिक वाक्य ढाँचा हो । तर यस्तो पदक्रम कतिपय अवस्थामा विचलन भई आलङ्कारिक पदक्रम पनि बन्ने गरेको पाइन्छ । डडल्धुरेली भाषामा चार प्रकारका पदावली रहेका पाइन्छन् – नाम पदावली, विशेषण पदावली, क्रिया पदावली र परस्थानिक पदावली । नाम पदावलीमा निर्धारक र नाम,गुणवाचक विशेषण र नाम, भेदक र नाम, सङ्ख्यावाचक र नाम तथा समानाधिकरण र नामको पदक्रम पाइएको छ भने विशेषण पदावलीमा परिमाणवाचक पद र विशेषणको पदक्रम रहेको छ । पदावलीको रचनामा नाम पदावली र क्रियापद, क्रियायोगिक पदावली र नाम पद तथा परस्थानिक पदावली र क्रियापदको योग भएको पाइन्छ । क्रियाविशेषण पदावलीको रचनामा मात्राबोधक र क्रियाविशेषण तथा नामिक पद र नामयोगीको योग भएको पाइन्छ । डडेल्धुरेली भाषामा कर्ता र क्रिया, नाम र कोटिकर, विशेषण र विशेष्य, भेदक र भेद्य, नाम र सर्वनाम, कर्म र क्रियाका बीचमा समेत सङ्गति हुने गर्छ । डडेल्धुरेली भाषामा सरल, संयुक्त र मिश्र गरी तीन प्रकारका वाक्य रहेका छन् । सरल वाक्य आधारभूत र विस्तारित गरी दुई प्रकारका छन् भने संयुक्त वाक्य समुच्ययबोधक, विकल्पबोधक, विशेषक, कारणबोधक र अनुक्रमबोधक गरी पाँच प्रकारका रहेका छन् । यसै गरी मिश्र वाक्यमा नाम उपवाक्य, विशेषण उपवाक्य र क्रियाविशेषण उपवाक्यका प्रकार पाइन्छन् ।

Downloads

Download data is not yet available.
Abstract
63
PDF
72

Author Biography

मोहनप्रसाद Mohanprasad भट्ट Bhatta, नेपाली शिक्षा विषय, डडेल्धुरा बहुमुखी क्याम्पस

उपप्राध्यापक

Downloads

Published

2022-05-01

How to Cite

भट्ट Bhatta म. M. (2022). डडेल्धुरेली भाषाको वाक्य व्यवस्था {Sentence structure of Dadeldhureli language}. Journal of Durgalaxmi, 1(1), 151–164. https://doi.org/10.3126/jdl.v1i1.57169

Issue

Section

Articles