भाषिक अनुसन्धानका क्षेत्र {Areas of Linguistic Research}

Authors

  • राजेन्द्र Rajendra खनाल Khanal शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

DOI:

https://doi.org/10.3126/jdl.v1i1.57167

Keywords:

क्षेत्रीय सर्वेक्षण्, भाषिक भेद, शिक्षक निर्देशिका, भाषिक अनुसन्धान, भाषिक उपलब्धि

Abstract

प्रस्तुत लेख भाषिक अनुसन्धानका क्षेत्रको प्रस्तुतिमा केन्द्रित छ । पुस्तकालयीय अध्ययन प्रक्रियाबाट सामग्री सङ्कलन गरी त्यसैका आधारमा लेख तयार गरिएकाले यो गुणात्मक प्रकृतिको अध्ययन बनेको छ । भाषिक अनुसन्धान सम्बन्धी विभिन्न सैद्धान्तिक ग्रन्थहरूलाई स्रोत सामग्री बनाई यो लेख तयार पारिएको छ । यस लेखमा भाषिक क्षेत्रमा केन्द्रित रहेर के कस्ता क्षेत्रसँग सम्बन्धित अध्ययन अनुसन्धान गर्न सकिन्छ भन्ने बारेमा विस्तृत चर्चा गरिएको छ । भाषा पाठ्यक्रम तथा भाषापाठ्यपुस्तकको अध्ययन, निर्माण तथा प्रभावकारिता, शिक्षक निर्देशिकाको उपयोग, शैक्षणिक शब्दकोश निर्माण तथा शब्दकोशको अध्ययन जस्ता क्षेत्र भाषिक अनुसन्धान अन्तर्गत पर्दछन् । विद्यालय तहका विद्यार्थीहरूका भाषिक क्षमता तथा उपलब्धि र मूल्याङ्कन (जस्तै : वर्णविन्यास, शब्दभण्डार, व्याकरण, सिर्जनात्मक लेखन, व्यावहारिक लेखन आदि) भाषिक मूल्याङ्कनको अवस्था, शिक्षण सिकाइ प्रक्रिया तथा प्रभावकारिता जस्ता क्षेत्रहरू भाषिक अध्ययनका महत्वपूर्ण क्षेत्रहरू हुन् । त्यस्तै भाषा तथा भाषिक भेदको पहिचान, अध्ययन, व्यतिरेकी अध्ययन, त्रुटि विश्लेषण, कुनै कृतिको अनुवाद अध्ययन, सङ्कथन विश्लेषण, लैङ्गिक अध्ययन, समाजभाषिक अध्ययन तथा भाषिक अध्ययन पनि भाषिक अनुसन्धानका अनुसन्धेय क्षेत्र मानिन्छन् । बालसाहित्य, पत्रपत्रिका एवम् विभिन्न लेख, अभिलेख आदिको भाषिक तथा भाषावैज्ञानिक अध्ययन पनि भाषिक अनुसन्धानको महत्त्वपूर्ण क्षेत्र मानिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
32
PDF
110

Author Biography

राजेन्द्र Rajendra खनाल Khanal, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

उपप्राध्यापक

Downloads

Published

2022-05-01

How to Cite

खनाल Khanal र. R. (2022). भाषिक अनुसन्धानका क्षेत्र {Areas of Linguistic Research}. Journal of Durgalaxmi, 1(1), 131–138. https://doi.org/10.3126/jdl.v1i1.57167

Issue

Section

Articles