लाब्छी क्षेत्रको बौद्ध संस्कृति र मिलारेपा

Authors

  • Bijaya Prasad Mishra
  • Kalpana Parajuli

DOI:

https://doi.org/10.3126/jbuddhists.v2i2.84101

Keywords:

गुफा, तिसे, लाब्छी, चक्रसंवर

Abstract

सन् १०४० मा तिब्बतको केरूङ नजिकै क्याङाचा भन्ने ठाउँमा जन्मेका मिलारेपा आफ्नो उमेरको ४० वर्षतिर दोलखा जिल्लाको उत्तरी भेगमा पर्ने बिगु गाउँ पालिकाको वडा नम्बर १ को लाब्छी क्षेत्रमा आएका थिए । उनको ८३ वर्षको उमेरमा लाब्छी क्षेत्रमै महापरिनिर्वाण भएको थियो । मिलारेपाको आगमन पछि लाब्छी क्षेत्रमा बौद्ध धर्म र संस्कृतिमा परेको प्रभावहरू खो जी गर्नु यस अनुसन्धानात्मक लेखको उद्देश्य रहेको छ । अनुसन्धानका लागि गुणात्मक विधिको प्रयोग गर्दै सरोकारवालाहरूसँग प्रत्यक्ष अन्तर्वार्ता, पुस्तक, जर्नलमा छापिएका अनुसन्धानात्मक  लेख, पत्रपत्रिका र अनलाइनमा आएका समाचार र अन्य दस्तावेजहरूबाट सूचना संकलन गरी वर्णनात्मक तथा विश्लेषणात्मक लेखनशैली अवलम्बन गरिएको छ । अन्यत्र भन्दा दोलखाको लाब्छी क्षेत्रमा लामो समयसम्म साधना गरेका मिलारेपाले नाडीचक्रका साथै चण्डाली, मायादेह, स्वप्नयोग, प्रभास्वर, संक्रान्तियोग र परकाय प्रवेश लगायत षडधर्मको अभ्यास र साधना गरेका थिए । उनको गतिविधिले लाब्छीका गुफाहरू साधना स्थलहरूको रूपमा परिचित भएका छन् । त्यहाँ मिलारेपाले गरेको साधनाको कारणले स्थानीय जनतामा मार तथा दुष्ट शक्तिहरूबाट मुक्त पार्ने सिद्धका रूपमा उनी तथा उनका अनुयायीहरूलाई विश्वास गरेको पाइन्छ । हिमाली क्षेत्रमा प्रचलित बौद्ध धर्मका प्रायः जसो साधकहरूले जीवनमा एक पल्ट लाब्छीको भ्रमण गर्ने सपना देखेका हुन्छन् । अहिले पनि लाब्छीको भ्रमण गर्नेमा नेपाली बौद्धहरू भन्दा विदेशी बौद्धहरू बढि हुने गरेको पाइन्छ । यसले गर्दा यस क्षेत्रमा धार्मिक पर्यटन बढेसँगै आर्थिक गतिविधि पनि बढेको छ । बज्रयानी बौद्ध धर्ममा तीन महत्वपूर्ण र पवित्र तीर्थस्थलमध्ये लाब्छी पनि एउटा रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF (नेपाली)
12

Published

2025-09-15

How to Cite

Mishra, B. P., & Parajuli, K. (2025). लाब्छी क्षेत्रको बौद्ध संस्कृति र मिलारेपा. Journal of Buddhist Studies (T.U.), 2(2), 154–165. https://doi.org/10.3126/jbuddhists.v2i2.84101

Issue

Section

Articles