अनुसन्धानकार्यमा पाठ्यसामग्री, सन्दर्भगत विषय तथा विषयवस्तु विश्लेषण
DOI:
https://doi.org/10.3126/jbuddhists.v2i2.84100Keywords:
ज्ञान, तथ्याङ्क विश्लेषण, श्रोत, सामग्री सङ्कलनAbstract
उच्च स्तरको वैज्ञानिक विधिहरू प्रयोग गरि आवश्यक क्षेत्र तथा विषयमा चाहे अनुरूपको प्राज्ञिक निष्कर्ष प्राप्त गर्न विविध प्रकृयाहरूबाट पुरा गरिने कार्य अनुसन्धान कार्य हो । अनुसन्धानका लागि सर्वप्रथम कस्तो विषयमा अनुसन्धान गरिने हो यसको टुंगो लगाइएको हुनु पर्दछ । अनुसन्धान विषयको छनोट पछि उक्त विषयको बारेमा उपयुक्त जानकारी दिने सूचनाहरू सङ्कलन गर्नु पर्दछ । यस प्रकारका सूचनाहरूलाई पाठ्यसामग्री भनिन्छ । पाठ्यसामग्रीको पठन योग्य छन् छैनन भनेर छुट्याएर पठनयोग्य सामग्रीहरूलाई सहि अध्ययन गरेर यसको विश्लेषणबाट अनुसन्धानको शुरू गरिन्छ । अनुसन्धान प्रकृयामा प्रभावित पार्ने अन्य विषयको बारेमा पनि राम्रो बिश्लेषण गरेर अनुसन्धान गर्नु पर्दछ । यस्ता प्रभावित पार्ने विषयहरूलाई अनुसन्धान सन्दर्भगत विषय भनिन्छ । अनुसन्धानलाई चाहिने भनेर सङ्कलन गरिएका सुचना एवं जानकारीहरूमा आफुलाई आवश्यक पर्ने मात्रै छनोट गरिएको जानकारी एवं तथ्याङ्कहरूको सूची अनुसन्धन सूची हो । यसरी अनुसन्धान कार्यको प्रारम्भिक चरणमा अनुसन्धान पाठ्यासामग्री, अनुसन्धनका विविध सन्दर्भ र अनुसन्धानका लागि आवश्यक विषयका सूचीहरूको अध्ययन, व्याख्या र विश्लेषणबाट भएको अनुसन्धानका कार्य मात्र सहि निष्कर्षमा पुग्दछ । सानो भन्दा सानो विषयमा गरिने सामान्य अनुसन्धान देखि विशाल र महत्वपूर्ण अनुसन्धानका विषयहरूमा यो तीन चरणहरू पाठ्यसामग्रीको विश्लेषण, सन्दर्भगत विषयहरूको विश्लेषण र अनुसन्धानका विषयवस्तुहरूलाई राम्रो संग ध्यानमा राखि विश्लेषणबाट सम्पन्न गरिएका अनुसन्धानका कार्यहरू संधै सफल रहने गरिएको पाईन्छ । उच्च शिक्षा ग्रहण गर्नको लागि अनुसन्धान अनिवार्य भएको कारण यस लेखले सामान्य नेपाली भाषाका पाठकहरूलाई अनुसन्धान बारेमा सहज रूपले जानकारी हासिल गर्न सहयोग पुग्ने आशा लिएको छ । यो लेखलाई सम्पन्न गर्नको लागि विभिन्न अनुसन्धानात्मक लेखरचना र पुस्तकहरूको अध्ययन गरी गुणात्मक विधिबाट तयार गरिएको छ । यस अनुसन्धानात्मक लेखमा प्रयोग गरिएकका श्रोतहरूको उद्धरण र सन्दर्भ व्यवस्थापनमा ए.पि.ए. विधि प्रयोग गरिएको छ ।