थेरवाद बुद्धधर्मका आधारभूत पक्षहरू
DOI:
https://doi.org/10.3126/jbuddhists.v1i1.75102Keywords:
थेरवाद, बुद्धधर्म, परम्परा, मूल सिद्धान्त, त्रिपिटकAbstract
विश्वमा प्रचलित धर्महरूमा बुद्धधर्म एउटा प्रमुख धर्म मानिन्छ । यो धर्मको प्रभाव आज विश्वभरी विस्तार भएको छ । वर्तमान नेपालको दक्षिण पश्चिम तराईमा ई.पू. ६२३ मा जन्मिएका राजकुमार सिद्धार्थ नै बुद्धत्व ज्ञान प्राप्त गरी बुद्ध बनेका हुन् । करिब ४५ वर्षसम्म बोधिज्ञानको प्रचार प्रसार गरी ८० वर्षको उमेरमा देहत्याग गरेका उनको शिक्षाका अनुयायी भिक्षुहरू अर्थात् धर्मका अनुयायीहरू पछि विभिन्न खेमामा विभक्त भए । ती मध्ये थेरवाद परम्परालाई प्राचीनतम मानिन्छ । यस परम्परामा प्रचलित र विद्यमान जीवनोपयोगी, कल्याणकारी शिक्षा, तरिका एवं चर्याले बहुजनलाई हित, सुख र कल्याण गर्नमा मद्दत मिल्दछ भन्ने मान्यता रही आएको पाइन्छ । बुद्धकै समयमा नेपाल भित्रिएको भनि मान्यता पाएको उक्त थेरवाद परम्पराबारेमा प्रकाश पार्नु नै यस अनुसन्धानात्मक लेखको उद्देश्य रहेको छ र उक्त धर्मबारे जान्न उत्सुक अनुसन्धानकर्ता, विद्यार्थी एवं सर्वसाधारणका लागि उपयोगी हुने देखिन्छ । बुद्धवचन सङ्ग्रहित पालि त्रिपिटकमा मात्र आधारित रहेर तयार गरिएको यस लेखमा विभिन्न विद्वानहरूबाट विभिन्न समयमा लेखिएका वा अनुवाद गरिएका बुद्धधर्म सम्बन्धी प्रकाशित लेखहरूको पनि सहयोग लिइएको छ ।