कपिलवस्तु पहिचानका केही ऐतिहासिक आधारहरू
DOI:
https://doi.org/10.3126/jbuddhists.v1i1.75100Keywords:
कपिलवस्तु, लुम्बिनी, तिलौराकोट, शाक्यमुनी, इक्ष्वाकु वंशAbstract
ई.पू. सातौँ/आठौँ शताब्दीको कालखण्डमा साकेत (अयोध्या) बाट विस्थापित भएका इक्ष्याकु वंशका राजकुमारहरूले शाक्य नामको नौलो जातीय अस्तित्व कपिलवस्तुमा स्थापित गरे । तिनै शाक्यहरूले गौतम ऋषि कपिलमुनिको आश्रम क्षेत्रलाई विकास र विस्तार गर्दै कपिलवस्तु शाक्यगणराज्यका रूपमा छुट्टै पहिचान दिलाउन सफल भए । गौतम ऋषि कपिलमुनिलाई गुरुको रूपमा स्वीकार गर्दै शाक्य जातिले आफूहरूलाई गुरुको नामबाट गौतम गोत्र भनी पहिचान दिलाए । यसै गोत्रका राजा सिंहहनुका पाँच छोराहरूमध्येका राजा शुद्धोदनका छोराका रूपमा सिद्धार्थ गौतमको जन्म भएको हो । उनी राज्य छाडेर प्रब्रजित भई सम्यक सम्मबुद्ध भएका हुन् । बुद्धबाट श्रावस्तीको जेतवनस्थित करेरीकुटीमा रहेका भिक्षु संघलाई आफ्नो पूर्व जन्मसम्बन्धी व्याख्या गर्ने सिलसिलामा आफू गौतम गोत्रका हूँ भनेर परिचय गराएको कुरा विभिन्न बौद्ध साहित्यहरूमा उल्लेख छ । सम्राट अशोकले कपिलवस्तुमा अवस्थित कोणागमन बुद्धको निग्लिहवा र क्रकुछन्द बुद्धको गोटिहवामा पुगी उनीहरूको बारेमा लोकले जानून् र बुभूmन् भनी सोही स्थानमा स्तम्भ र स्तूपा निर्माण गर्न लगाएका थिए । पछिका दिनहरूमा शुङ्ग, कुशान, गुप्त, पालसेनकालका महŒवपूर्ण कलाकृतिका सामाग्री त्यहाँ उपलब्ध हुनुले समकालीन व्यक्तित्वहरूको कपिलवस्तुमा उपस्थित रहेको पुष्टि हुन्छ । दोस्रो शताब्दीपछिका चिनिया यात्री फाहियान र ह्वेन्साङ्ले कपिलवस्तुको वस्तुगत पहिचान पुष्टि गर्ने कार्यमा विशेष महŒवपूर्ण भूमिका खेलिदिएका थिए । अठारौँ शताब्दीपछिका दिनहरूमा बुद्ध धर्म र दर्शनको चर्चा विश्वमाझ हुन थाल्यो, यसै सिलसिलामा पश्चिमा मुलुकका पुरातात्विक अन्वेषकहरू सर्वप्रथम कपिलवस्तु र लुम्बिनीको पहिचान गर्न उत्साहित भए । यसै सिलसिलामा ए.फुहररलाई स्थानीय थारु समुदायहरूले घना जङ्गलभित्र निग्लिहवा स्तम्भ देखाइदिए । भारत सरकारका पुरातात्विक सर्वेक्षक बाबु पूर्णचन्द्र मुखर्जीले सन् १८९९ मा तिलौराकोटको दरबार, लुम्बिनी क्षेत्र र भारतमा रहेको पिपरहवा क्षेत्रकोे अन्वेषण गरेर तिलौराकोट दरबार नै वास्तविक कपिलवस्तु हो भनी प्रमाणित गरिदिए ।