@article{Ghimire_2021, title={पूर्वीय दर्शनमा तत्वमीमांसा र ज्ञानमीमांसा [Metaphysics and Epistemology in Eastern Philosophy]}, volume={2}, url={https://nepjol.info/index.php/irjmmc/article/view/40086}, DOI={10.3126/irjmmc.v2i3.40086}, abstractNote={<p>प्रस्तुत लेखमा दर्शनका बारे सामान्य परिचय दिंदै पूर्वीय सभ्यताअन्तर्गत भारतीय खण्ड वा हिमाली क्षेत्रबाट प्रवर्तित प्राचीन दर्शनहरूको उल्लेख गरिएको छ । यसक्रममा षड्दर्शन अन्तर्गत पर्ने साङ्ख्य,योग,न्याय,वैशेषिक,मीमांसा र वेदान्तदर्शनएवम् वेदको अस्तित्वलाई अस्वीकार गर्ने चार्वाक,जैन र बौद्घदर्शनको पहिचान गरिएको छ । तत्वमीमांसा र ज्ञानमीमांसा भनेको के हो ? भन्ने विषयमा संक्षिप्त रुपले विश्लेषण गरिएको छ । पूर्वीय क्षेत्रबाट प्रवर्तित प्राचीन नौवटा दर्शनको सामान्य परिचय दिदै तिनीहरूमा पाइने तत्वमीमांसा र ज्ञानमीमांसाका बारे संक्षेपमा उल्लेख गरिएको छ । यसक्रममा तत्वमीमांसाका बारे छलफल गर्दा साङ्ख्यदर्शनमा प्रकृति र पुरुषसहित पच्चीस तत्त्व, योगदर्शनमा छब्बीस तत्त्व, न्यायदर्शनमा सोह्र पदार्थ, वैशेषिकदर्शनमा सात पदार्थ, मीमांसा दर्शनमा पञ्चकर्म, वेदान्तदर्शनमा अद्वैतवाद(ब्रह्मवाद), चार्वाक दर्शनमा भौतिकवाद, जैन दर्शनमा बहुतत्ववाद र बौद्घदर्शनमा शून्यवाद मुख्य तत्वका रुपमा आएका छन् भनेर उल्लेख गरिएको छ । त्यसैगरी ज्ञानमीमांसाका बारे छलफल गर्दा साङ्ख्यदर्शनमा कार्यकारण सिद्घान्त र सत्कार्यवाद, योग दर्शनमा चित्तको व्याख्या र अष्टाङ्ग योग, न्यायदर्शनमा प्रमा, प्रमाता, प्रमाण र प्रमेयकाबारे वृहत् छलफल, वैषेशिकदर्शनमा परमाणुवाद, मीमांसादर्शनमा धर्मफल(कर्मफल सिद्घान्त÷कर्मवाद), वेदान्तदर्शनमा ज्ञानका प्रकार र मोक्षप्राप्तिका साधन, चार्वाक दर्शनमा प्रत्यक्ष प्रमाणका आधारमा लौकिक संसारको व्याख्या, जैन दर्शनमा अनेकान्तवाद, स्याद्वाद र सप्तभङ्गीनयको व्याख्या गर्दै ज्ञानका प्रकार एवम् विधि र बौद्ध दर्शनमा प्रतीत्यसमुत्पाद, कर्मवाद, अनित्यवाद, अनात्मवाद, क्षणिकवाद, शून्यवाद मुख्य ज्ञानका रुपमा आएका छन् भनेर उल्लेख गरिएको छ । [This article briefly introduces philosophy focusing on eastern philosophy specifically based on the ancient philosophies originated in Indian sub-continent or Himalayan region. It discusses the philosophies like Sankhya, Yog, Nyaya, Vaiseshik, Mimamsa and Vedanta that fall under six basic philosophies and three other philosophies like Charvak, Jain, and Bauddha which discard the existence of Veda. This essay briefly analyses metaphysics and epistemology, and discusses the metaphysics and epistemology of those nine different philosophies originated in the eastern landscape. Talking about metaphysics, this article has mentioned twenty-five Tatwa including Prakriti and Purush under Sankhya philosophy. Under Yog philosophy, there are twenty-six Tatwa, sixteen matters in Nyaya philosophy, seven matters in Vaiseshik philosophy, Panchakarma in Mimamsa philosophy, Bramhaism in Vedanta philosophy, materialism in Charvak philosophy, multi-physicalism (Bahutatwabad)</p> <p>in Jain philosophy and zeroism (Sunyabad) in Buddhist philosophy as discussed in the article. Regarding epistemology, there is discussion of the philosophy of good deed (Satkaryabad) in Sankhya philosophy, description of Chitta and eight folded yoga in Yog philosophy, discussion of Prama, Paramata, Praman and Prameya under Nyaya philosophy, atomism (Paramanubad) in Vaiseshik philosophy, Dharmaphal in Mimamsa philosophy, types of knowledge and ways of achieving salvation in Vedanta philosophy, description of physical world in Charvak philosophy, types of knowledge and their methods in Jain philosophy, and lastly, Karmabad, Anityabad, Anatmabad, Sunyabad, kshanikbad in Buddhist philosophy.]</p>}, number={3}, journal={International Research Journal of MMC}, author={Ghimire, Ghanshyam}, year={2021}, month={Oct.}, pages={72–89} }