कुण्डलिनी शक्ति, जागरण विधि एवम् शरीरमा पर्ने प्रभाव र त्यसको व्यवस्थापन {Kundalini Energy, Awakening Methods, Its Effects on the Body, and Its Management}
DOI:
https://doi.org/10.3126/irjmmc.v7i1.93166Keywords:
Kundalini, Energy, Spirituality, Wellness, Awakening, कुण्डलिनी, ऊर्जा, आध्यात्मिकता, स्वास्थ्य, जागरूकताAbstract
यस लेखको मुख्य उद्देश्य भनेको कुण्डलिनी शक्ति, जागरण विधि र यसको शरीरमा पर्ने प्रभावहरूलाई विस्तृत रुपमा विश्लेषण गर्नु हो । योग र आयुर्वेद परम्परामा कुण्डलिनी शक्तिलाई महत्वपूर्ण मानिएको छ, जसले आत्मिक उन्नति र शारीरिक स्वास्थ्यमा अभिवृद्धि गर्न मद्दत गर्दछ। यस अध्ययनले विभिन्न धार्मिक ग्रंथहरू, योग शिक्षण प्रणालीहरू र अनुसन्धानात्मक स्रोतहरूलाई अध्ययन र विश्लेषण गरेर यसबाट प्राप्त जानकारीलाई संकलन गरेको छ । यसको माध्यमबाट, कुण्डलिनी जागरणका विविध विधि, ती विधिहरूले शरीरमा पुर्याउने प्रभाव, र त्यसको व्यवस्थापन सम्बन्धि विस्तृत विवरण प्रस्तुत गरिएको छ। मुख्य रूपमा, लेखले देखाएको छ कि कुण्डलिनी शक्ति जागरणले शारीरिक र मानसिक स्तरमा धेरै सकारात्मक प्रभाव पार्छ, जस्तै ऊर्जा प्रवाह, चित्तको सन्तुलन, र ध्यान शक्तिमा वृद्धि। यो लेख अनुसार यसप्रकारको अभ्यासलाई सुरक्षित र प्रभावकारी तरिकाले गर्न आवश्यक छ र विशेषज्ञको मार्गदर्शन अनिवार्य हुन्छ। यस अध्ययनले स्पष्ट रूपमा देखाएको छ कि उचित विधि र व्यवस्थापनका माध्यमबाट कुण्डलिनी शक्ति जागरणले जीवनमा समग्र उन्नति/परिवर्तन ल्याउन सक्छ । निष्कर्षमा, अनुसन्धान र अनुभवलाई आधार मान्दै, योग अभ्यासकहरूले सावधानीपूर्वक र जिम्मेवारीका साथ कुण्डलिनी शक्ति जागरण प्रक्रियालाई अभ्यस्त बनाउनु आवश्यक छ ।
(The main objective of this article is to analyze the practice of Kundalini energy awakening, its effects on the body, and its management. As background, Kundalini energy is considered significant within yogic and Ayurvedic traditions, as it helps in spiritual advancement and enhances physical health. The study consolidates information obtained through the examination and analysis of various religious texts, yoga teachings, and research sources. It provides a detailed account of different methods for awakening Kundalini, the impacts of these practices on the body, and guidelines for proper management. The key findings indicate that the awakening of Kundalini energy has numerous positive effects on both physical and mental levels, such as increased energy flow, mental balance, and enhanced concentration. The study emphasizes that such practices should be performed safely under expert guidance. Ultimately, it concludes that with appropriate technique and management, Kundalini awakening can lead to holistic improvement in life. The article recommends that practitioners approach this process carefully and responsibly, based on ongoing research and experience.)
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.